Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

पुर्व साहायकमन्त्री रामहरि ढुङ्गेलको निधन

Thursday, March 16, 2017 National Power

३ चैत, काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि ढुङ्गेलको निधन भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि ढुङ्गेल महासमिति सदस्य एवम् पूर्व सांसद काठमाडौंको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेको अवस्थामा मृत भेटिएका थिए ।

पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहीबार बिहान मृत अवस्थामा भेटिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोलेका थिए ।

उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने कांग्रेसले जनाएको छ । पूर्व कृषि सहायकमन्त्री समेत रहेका ढुङ्गेल अविवाहित थिए भने डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका  २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।