Wednesday 18th March 2026

    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक

स्वास्थ्य केन्द्र स्थापना हुँदा  खुसी भएपनि चिकित्सकविहीन 

Wednesday, March 8, 2017 National Power

२५ फागुन, बैतडी– बैतडीको मेलौलीमा विसं २०५७ मा दुर्गम तल्लोस्वराड क्षेत्रका १० भन्दा बढी गाविसका बासिन्दालाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भएपनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूरा नहुँदा त्यो क्षेत्रका बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्रबाट पाउनुपर्ने सेवा पाउन सकेका छैनन्।
स्थानीयबासी केशवसिंह भाटका अनुसार २०६८ सालमा एकजना करारका चिकित्सकले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र, केशरपुरमा सेवा दिएका थिए। त्यो बाहेक प्राथमिक स्वास्थ्यकेन्द्र स्थापना भएको १६ वर्ष बितिसक्दापनि तल्लो स्वराडवासीले चिकित्सकको सेवा पाउन सकेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना हुँदा धेरै खुसी भएपनि चिकित्सकको पदपूर्ति अहिलेसम्म नहुँदा ज्यादै दुःख लागेको भाटले बताए।

। प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा साधारण बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पताल, डडेल्धुरा जानुपर्ने बाध्यता रहेको मणिलेक मावि काँडा, मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए।
प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दीअनुसार चिकित्सक नहुँदा दैनिक रुपमा १० भन्दा बढी बिरामीलाई अन्यत्र रिफर गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक मुकेश दयालले बताए।