Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अछाम वहुमुखी क्याम्पसलाई करिव २ लाख आर्थिक सहयोग

Wednesday, January 25, 2017 National Power

अछाम, १२ माघ
संयुक्त राज्य अमेरिकाको हटस्ट्रन अछामी समाजद्धारा अछाम वहुमुखी क्याम्पसलाई १ लाख ९० हजार २११ रकम आर्थिक सहयोग प्रदान गरेको छ । हटस्ट्रन अछामी समाजद्धारा संकलित उक्त सहयोग रकम वुधवार आईएमई मार्फत अछाम पठाईएको हो ।


जिल्लाको सदरमुकाम मंगलसेनमा रहेको अछाम वहुमुखी क्याम्पसमा स्नात्तोकोत्तर तह संचालन तथा प्राविधिक शिक्षालय स्थापना गर्ने उदेश्यले यही माघ २१ गते देखि २८ गते सम्म अछाम शैक्षिक तथा धार्मिक महोत्सव २०७३ आयोजना गरिएको छ ।
स्नातक तह सम्म मात्र अध्यापन गराउँदै आएको क्याम्पसमा स्नातकोत्तर तह संचालन भए यस जिल्लाका हजारौ विद्यार्थी लाभान्वीत हुने र यसै जिल्लामा प्राविधिक शिक्षा अध्यन गर्न पाउने भएकाले आ आफनो क्षेत्रवाट सक्दो सहयोग गरिदिन महोत्सव मुल आयोजक समितीका संयोजक पदम वोहराले सवैमा अनुरोध गर्नु भएको छ ।
कामको सिलसिलामा देश वाहिर रहेर पनी आफ्नो देश र शैक्षिकक्षेत्रको गुणस्तर वृद्धिका लागी र स्तरोन्ती तथा वृद्धि विकासका लागी हटस्ट्रन अछामी समाज तथा समाजका पदाधिकारीप्रति आफु एकदमै खुसी भएको अछाम वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एवं शैक्षिक तथा धार्मिक महोत्सव २०७३ मुल आयोजक समितिका संयोजक पदम वोहराले वताए ।