Tuesday 7th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

अार्मी सेमिफाइनलमा

Monday, January 23, 2017 National Power

विभागीय टीम त्रिभूवन आर्मी क्लबन१५ औं आहा Û रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।

उपाधि दाबेदारका रुपमा हेरिएको झापा ११ लाई २-० ले पन्छाउँदै आर्मीले अन्तिम ४ मा स्थान पक्का गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र भरत खवासले एक-एक गोल गरे ।

अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक सहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नुपर्नेछ ।

पोखरा रंगशालामा भएको प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोश्रो हाफको दुई मिनेट पनि बित्न नपाउँदै आर्मीले अग्रता लियो ।

नेपालकै पहिलो रोजाईका स्ट्राईकर नवयुग श्रेष्ठले आर्मीका लागि ४७ औं मिनेटमा गोलको खाता खोलेका थिए । बिपक्षी किपर किशोर गिरीको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेका हुन् । दीपकुमार लामाले दिएको क्रसबल लिन किपर गिरी अघि बढ्दा नवयुगले हेडर गोल गरे ।

एक गोलले पछि परेको झापा थप आक्रामक बन्दै अघि बढेर खेल्दा आर्मीले दोश्रो गोल गर्‍यो । ७० औं मिनेटमा भरत खवासले गोल गर्दै नतिजा २-० बनाएका हुन् । करीब ४० यार्ड टाढाबाट एक्लै बल अगाडि बढाएका उनले डि एरिया नजिकबाट फष्र्टबार च्यापेर हानेको प्रहार सिधै गोलमा परिणत भयो ।

सोमबारको खेलमा आर्मीले थप आधा दर्जन गोल गर्ने अवसर खेर फालेको थियो । १३ औं मिनेटमा सन्तोष तामाङको पि|mकिक क्रसबारमा लागेर फर्कियो । ३६ मिनेटमा दीपकुमार लामाले दायाँ साईडबाट फष्र्टबार च्यापेर हानेको प्रहारमा बिपक्षी गोलकिपर किशोर गिरी बाधक बने । ४० औं मिनेटमा नवयुगको पासमा दीपकुमारको प्रहार फितलो हुँदा गोल गर्ने अवसर खेर गयो । दोश्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा पदम मोक्तानको क्रसमा सब्ष्िटच्यूट खेलाडी टंक बस्नेत गोल गर्न चुके ।

पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएको झापा दोश्रो हाफको शुरुमै गोल खाएपछि दबाबमा पर्‍यो । एक गोलले पछि परेपछि थप आक्रामक रणनीति बनाएको झापाले पनि केही राम्रा गोल गर्ने अवसर सदुपयोग गर्न सकेन ।

५८ औं मिनेटमा देवेन्द्र तामाङको पासमा योगेश गुरुङ गोल गर्न चुके । डि एरिया नजिकबाट उनले गरेको प्रहारले दिशा लिएन । ८२ औं मिनेटमा रञ्जित श्रेष्ठले प्रहार गरेको पि|mकिक बिपक्षी किपर विकेश कुथुले रोके ।

आर्मीका पदम मोक्तानले झापाका योगेश गुरुङलाई लडाएपछि दिइएको पि|mकिकमा रञ्जितले गरेको उत्कृष्ट प्रहार कुथुले मुश्किलले रोके । ९० औं मिनेटमा बुद्ध चेम्जोङले दायाँ साइडबाट गरेको कडा प्रहार फष्र्टबार हुँदै बाहिरियो ।

सोमबारको खेलमा नवयुग श्रेष्ठ म्यान अफ दी म्याच भए ।

खेल सकिएपछि बिजयी टिम त्रिभूवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले पहिलो गोल टर्निङ प्वाईन्ट बन्दा जित निकाल्न सकेको बताए । बिपक्षी टीम फिजिकल फिटनेसमा कमजोर भएकाले आफूले त्यसलाई सदुपयोग गर्ने गरी रणनीति बनाएको र त्यो सफल भएको उनको भनाइ छ ।

झापाका प्रशिक्षक सञ्जय राईले खेलाडीहरु घाइते भएकाले पराजित भएको बताए । पिटर सेगुन, विशाल राईलगायतका खेलाडी भएको तथा योगेश गुरुङ भर्खरै बिदेशबाट आएकाले अभ्यासमा समेत सहभागि नभई खेल्दा तालमेल नमिलेको बताए ।

प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनलमा सिएमजी संकटा क्लव र फारसगञ्ज एससी भिड्नेछन् ।