Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

यूवाहरुको प्रतिनिधत्वमा पार्टीले अग्रसरता देखाउनै पर्छ

Friday, January 20, 2017 National Power

अब हुने राप्रपा एकता महाधिवेशनमा युवाहरुको प्रतिनिधित्व लाई पार्टीले सुनिश्चित गरी यूवा पुस्तालाई अघि वढाउन जरुरी छ । राप्रपाको ऐतिहासिक पहिलो एकता महाधिवेशनले युवा बर्गको उचित र न्यायपुर्ण प्रतिनिधित्व गराउन सकेमात्र पार्टी मजवुद हुन सक्छ भन्ने हेक्का नेतृत्वले राख्नु पर्दछ । युवा भनेका भबिश्यका कर्णदार मात्र होइनन् बर्तमानका साझेदार पनि हुन भन्ने सोच पार्टीका नेतृत्वले लिई अबको महाधिवेशनमा कम्तीमा पनि ४०५ जना युवालाइ केन्द्रिय कमिटिमा प्रतिनिधित्व सुनिस्चित हुनुपर्छ । पार्टीको बिधानमा नै ४०५ युवाको प्रतिनिधित्व हुनेगरी ब्यबस्था गर्नु पर्छ । राष्ट्र र जनताको लागि घामपानी नभनी दिनरात सेवामा खटिने युवालाई राप्रपाले न्याय दिनै पर्छ भन्ने मागका पार्टीका यूवा कार्यकर्ताहरुमा रहेको पाईन्छ ।


हरेक परिवर्तन र रुपान्तरणमा आफ्नो जिबनको आहुती दिन तयार युवाहरूलाई आफ्नो विवेक र क्षमताको प्रदर्शन गर्ने अबसर दिई उनिहरुलाई आफ्नो कार्य क्षमता देखाउने अवशर दिनु आवस्यक हुन्छ । बिश्वको इतिहास हेर्ने हो भने युवाहरूले हाकेका देश होस वा कुनैपनी संघ संस्था तिनिहरुले लिएको आफ्नो जिम्मेवार कुशलता पूर्बक सम्पन्न गरेका छ्न र बिकास निर्माणमा पनि उत्कृष्ट नतिजा दिएका छन । बौद्धिक रुपमा अब्बल, दुरदर्शी र भौतिक रुपमा जुझारु युवालाई राप्रपाले पार्टी र देश हाक्ने आबसर दिएको खण्डमा पक्कै पनि देश बिकास र आर्थिक समृद्धिको क्षेत्रमा निक्कै नै अघि देशलाई लैजान सकिन्छ । देश हाक्ने क्षमता , इच्छा शक्ति र दुरदर्शिता भएका युवालाई खाडिको मरुभूमि र मलेसियाको झाडिमा पठाएर हुदैन देशमानै रोजगारी र अबसर दिएर देश बन्छ भन्ने कुरा राप्रपाले बुझ्न् आवस्यक छ र शोही अनुसार यूवालई परिचालन गर्न पनि जरुरी छ । देशमा एउटा बलियो बैकल्पिक राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने जुन लक्ष्य र उदेश्यका साथ पार्टी एकीकरण भएको छ यो लक्ष्यलाई प्राप्त गर्न र देशलाई अन्यौलता र अराजकताको भँुमरीमाबाट बाहिर निकाल्न अब युवाले अग्रणि भुमिका खेल्न सक्छ यसमा कुनै दुईमत छैन भन्ने प्रमाणि विश्वमा यूवाहरुले चलाएको देशको विकासलाई देखेर पनि भन्न सकिन्छ ।

युवालाइ झन्डा बोक्ने र आफ्नो फाइदा अनुकुल उपयोग मात्र गरियो भने त्यसले कुनै दिन ठूलै विष्फोटन समेत हुन सक्दछ तइसका लागी यूवाहरुलाई झण्डा र डण्डामा मात्रै सिमित नराखी नेतृत्वमा यूवाहरुको सहभागिता वढाउन पनि जरुरी रहेकोछ । युवालाई देशमै रोजगारीको अवस्थाको सृजना गर्न सकिएन भने अबको केही वर्षमा देश युवा बिहिन हुने अवस्था आउने पक्का छ । देशको यस्तो कहालीलाग्दो अवस्थालाइ यदि समयमै समाधान तिर नलग्ने हो भने देश सताव्दियौं पछाडी धकेलिन सक्छ यसर्थ यूवापिंढींहरुलाई देश विकासमा सहभागी गराई उनिहरुको देश विकासप्रतिको आशालाई उर्जामा परिणत गराई  देशमा नै बसेर केही गर्न सकिन्छ भन्ने वचन वद्धता गराउन सक्ने यूवाहरुलाई राप्रपाले नेतृत्वमा लगेर सवै राजनितिक पार्टीहरुका लागी समेत  बलियो उदाहरण बन्नु पर्दछ ।
बिष्णु रोकाया,सचिव
राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन