Monday 6th April 2026

    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक     Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट

वि सं २०७८ सालको राशीफल यस प्रकार रहेको छ

Tuesday, April 13, 2021 National Power


काठमाण्डौ -सर्व प्रथम सबैमा २०७८ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।यो बर्ष हजुरहरुको लागि उपलब्धि मुलक,सुखी र कर्मशिल होस् । पशुपतिनाथले हामी सबैको रक्षा एवं कल्याण गरून् ।
२०७८ सालको कुरा गर्दा यो सालको सम्वत्सार नाम राक्षस हो।यो बर्षको राजा मंगल ग्रह हो भने मन्त्री पनि यो बर्ष मंगल ग्रह नै हो । मंगल् ग्रहको कारण यो बर्ष देशमा आपराधिक घटनाहरुमा वृद्धि हुनेछ । नशा एबम मुटु रोगिमा वृद्धि हुने देखिन्छ । यो बर्ष सेनाको बिकास शक्ति एबम हतियारमा वृद्धि भयता पनि सेना एबम सुरक्षा निकायहरु अलि आक्रमक हुदा बिबादास्पद कार्यमा धेरै पटक मुछिने छन । चिकित्सा क्षेत्र ठुलो खोज बिकास होला । उद्योग एबम व्यपार मध्यम होला बैंक ,वित्तीय सस्था एबम शहकरी सस्थामा अलि झमेला एबम विवाद देखिएला । मासुजन्य कृषि उत्पादन एबम ब्यापारमा वृद्धि होला । खेतीपति ,जल ,दुधजन्य पदार्थका काममा यो बर्ष तेति राम्रो नहोला । बर्षा एबम हिमपात मौसम अनुकुल नहुदा जनजीवन प्रभावित होला । अग्निभय,सिमा विवाद ,राजनीतिक खिचातानी बढेर जानेछ।शासन बर्ग कठोर भैई नियम कानुन कडा हुन् सक्ने बर्ष पर्दछ ।

ग्रहमंडलीय अवस्थाको आधारमा यो बर्ष चन्द्र कुन्डलीलाई मात्र आधारले हेर्दा १२ राशिहरुलाइ निम्न अनुसार फल मिल्ने छ ।

मेष राशी ः बर्षको सुरु संगै जोस जागर बढेर जानेछ । ज्ञान एवं बौद्धिकताको सहि सदुपयोगबाट आय, कर्म तथा भाग्यमा वृद्धि होला । परिवारिक, प्रेम एबम दम्पतय जीवन सुखमय होला । बोलिमा नियन्त्रण एबम अनावश्यक खर्चमा ध्यान राख्नु होला । भौतिक सुख एबम सम्पतिमा वृद्धि हुने हुँदा अत्मबिस्वाश बढेर जानेछ ।

बृश राशी ः– बर्ष सामान्यतया मध्यम होला । मान सम्मानमा कमी आउनुका साथै साझेदार, जीवनसाथी बिच मनमुटाव एवं सुखमा कमी होला । जीवन साथीको स्वास्थ्यमा बिशेष सावधानी राख्नु होला । आय सोचे जस्तै होला । हरेक कार्य गर्दा मेहनत तथा जिम्मेवार भएर गर्नु होला । वैदेशिक काममा भने सफलता पाउने योग छ ।

मिथुन ः– यो बर्ष काम काजमा सफलता मिल्नेछ । सरकरी तथा राज्य बाट सहयोग मिल्नेछ । कार्य एवं व्यापार वृद्धिले आर्थिक स्थिति मजबुत होला । धर्ममा विशेष रुचि जानेछ । पारिवारिक जीवन सुखमय होला ।

कर्कट ः– आय एवं कार्यमा बिलम्ब भए पनि अन्तत सबै प्रकारको सुखको भोग होला । बोलिमा नियन्त्रण गर्ने । शैक्षिक क्षेत्रमा विशेष जोड दिनु होला ।

सिह राशी ः– माताको स्वास्थमा ध्यान दिनुहोला । वैदेशिक काममा विशेष सफलता मिल्ने योग छ । भौतिक एवं आध्यात्मिक सुखमा वृद्धि होला । कार्यमा रोकावट एवं विवादको बाताबरण आउने हुदा जिम्मेवारी भएर कार्य गर्नुहोला । व्यापार एबम वैवाहित जीवन सफल होला ।

कन्या राशी ः– शैक्षिक एवं सन्तान सुखमा कमि होला । धन कमाउनको लागि प्रयत्न धेरै गर्नु पर्नेछ । मन चिन्तित हुनुका साथै बोलिको प्रभावमा कमी आउला । सानातिना घटनाले मन भने दुखी एवं निराश बनौला ।

तुला राशी ः–बर्ष मध्यम होला । आयमा वृद्धि भए पनि खर्च अनियन्त्रित हुनेछ । परिवारको स्वास्थ्यम अलि ध्यन दिनु होला । बोलिमा नियन्त्रण गर्दै सम्बन्ध सुमधुर बनाउनु होला । वैदेशिक कार्यको लागि बर्ष राम्रो छ ।

बृस्चिक राशी ः– बर्ष शुभ नै बित्ने छ । पारिवारिक सुखमा वृद्धि होला।जग्गा ,जमीन एबम वहन सुखको योग छ । प्रेम एवं वैवाहित जीवन मध्यम होला । चिन्ता एबम असन्तोष बढेर जानेछ ।

धनु राशी ः– व्यापार तथा कुटनैतिक कार्यमा सफलता मिल्ने छ । धर्ममा रुचि बढेर जानेछ । आयमा , विद्या तथा सन्तान सुखमा वृद्धि होला । शत्रु सक्रिय भए पनि जीत तपाईंको होला । हरेक कार्य गोपनिय तरिकाले गर्नु होला । सफलता आबस्य मिल्नेछ ।

मकर राशी ः–धन सम्पतिमा वृद्धि होला । माता एवं अन्यको सल्लाह तथा सहयोग मिल्ने छ । राज्य सम्मान पाउनुका साथै हरेक कार्यमा सफलता पाउनुु हुनेछ । घरेलु वातावरण सुखमय होला । जिद्दीपन छोडेर सकारात्मक सोचका साथ अगि बढनुहोला ।

कुम्भ राशी ः– बोलिको प्रभावमा प्रगती होला । भाग्य ले साथ दिने हुदा हरेक कर्य सफल होला । यात्रा अनि धर्मिक कार्यम भने पुर्ण लाभ मिल्ने छ । पराक्रम अनि मान सम्मानमा मिल्ला । हतारको निर्णय लिनु भन्दा विवेक पुर्याउनु होला ।वैदेशिक कार्यमा लाभ मिल्ला ।

मीन राशी ः– बर्ष मध्यम हुनेछ । आर्थिक उन्नति दायक समय छ । काम एबम व्यापार मध्यम हुनेछ । प्रशासनिक काम एवं क्षेत्र बाट हानि मिल्ला । रोग ,चिन्ता एबम अनावश्यक खर्च बढेर जनेछ । शत्रु पक्ष बलियो होला ।

यो वार्षिक राशिफल तपाईको चन्द्र कुन्डलीलाई आधार मानी तयार गरिएको हो । आधिकरिक फलका लागि तपाईको जन्म समय ,स्थान र लग्न अनुसारको अनिवार्य योग्य ज्योतिषीहरुलाई भेट्नु नै पर्नेछ ।

ज्योतिषी आदित्य सुरेश राज गिरि
सम्पर्कः–9851149039