Sunday 5th May 2024

    तेश्रो अमिन राष्ट्रिय म्युजिक अवार्ड’ भव्य रुपमा सम्पन्न    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक

खानेपानीको विवादमा एकको मृत्यु

Monday, February 20, 2017 National Power

फागुन,काठमाण्डौँ – खानेपानीको विषयमा विवाद हुँदा डडेल्धुराको कोटेलीमा एक जनाको ज्यान गएको छ । पानीको विषयमा कोटेली १ का ३७ वर्षीय शेरबहादुर साउँद र २४ वर्षीय भीमबहादुर भूल बिच विवादले उग्ररुप लिएपछि झडप भएको हो । झडपका क्रममा भूलले साउँदलाई खुकुरी प्रहार गरेको प्रहरी जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका साउँदको उपचारका लागि अस्पताल लैजाने क्रममा ज्यान गएको हो । खुकुरी प्रहार गर्ने भूललाई प्रहरीले प्रकाउ गरेको छ ।