Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी

Friday, May 17, 2024 Devil Singh Rajput

काठमाडौं । प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी अष्ट्रेलियन गुणस्तरको पाककला प्रशिक्षणको अग्रणी संस्था हो। जुन विद्यार्थीहरूको रोजाइमा पर्न सफल रहदै आएको छ ।

युवाहरूलाई पाककला तथा हस्पिटालिटी सम्बन्धि तालिम दिएर रोजगारी दिन सफल प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले हस्पिटालिटी कुलनरी आर्ट्स अर्थात पाककला अन्तर्गत अन्तर्राष्ट्रिय स्तरका कक्षा तथा तालिमहरू सञ्चालन गर्दै आएको छ।

१२ कक्षा पास भएका तथा तीस वर्ष भन्दा कम उमेर समुहका व्यक्तिहरुलाई लक्षित गर्दै नेपालमा नै पाककला तथा हस्पिटालिटी बिषय अध्यन गर्न चाहना राख्ने विद्यार्थीहरुलाई लक्षित गर्दै एक वर्षे पाठ्यक्रम बनाइएको एकेडेमीका प्रबन्ध निर्देशक सुशील थापाले जानकारी दिनुभयो ।

‘किचन स्किल र कुकिङ, बारिस्टा, बेकरी, हाउस किपीङ, फ्रण्ट अफिस, फुड एण्ड वेभरेज सर्भिस, हस्पिटालिटी म्यानेजमेन्टको कोर्षमा दक्ष जनशक्ति उत्पादन गर्दै गुणस्तरीय अध्यापन सेवा स्वदेशमै उपलब्ध गराउने हाम्रो लक्ष्य हो र विगत आठ वर्षदेखी अनवरत रुपमा हामीले सेवा दिएका छौँ थापाले भन्नुभयो ।

‘सिटिईभिटिईबाट मान्यता प्राप्त तथा अस्ट्रेलियन सरकारबाट सर्टिफाइड भएकोले हाम्रा विद्यार्थी स्वदेश तथा बिदेशमा रोजगारीको लागि योज्ञ हुन्छन ’ उहाँले थप प्रष्ट पार्नुभयो ।

यस एकेडेमीबाट अध्यन गरेका विद्यार्थीहरु मध्ये हाल सम्म ५ सय भन्दा बढी स्वदेश तथा बिदेशका तारे होटलमा रोजगार भएको र ४ सय भन्दा बढी अस्ट्रेलियामा रोजगार प्राप्त गर्न सफल रहेको पनि एकेडेमीका प्रवन्ध निर्देशक सुशील थापाले जानकारी दिनुभयो ।

ँहाम्रो एकेडेमीमा पढेकाहरुले यहि बस्न चाहे नाम चलेका होटलमा प्लेसमेन्टको व्यवस्था गरेका छौ । बाहिर जान चाहनेहरुको लागि पनि प्लेसमेन्ट खोजिदिने छौँ उहाँले बताउनुभयो ।

बढ्दै गएको बिदेश पलायनको समस्या निराकरण गर्ने र नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले अस्ट्रेलियन स्ट्यान्डर्डको होटल तथा हस्पिटालिटी सीप एकेडेमीले उपलब्ध गराएको थापाको भनाई छ । एक वर्षे कोर्स अन्तर्गत ६ महिना सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दीने पनि उहाँले उल्लेख गर्नुभयो । “बाकी ६ महिना नाम चलेका होटलमा इडस्ट्रीयल प्राक्टिस गराइन्छँ उहाँले जानकारी गराउनुभयो ।