Saturday 11th May 2024

    इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान    सुवेदीको चलचित्र सतीदेवी साउन ४ देखि प्रदर्शनमा आउने    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड भव्य रुपमा सम्पन्न    भारतीय चलचित्र निर्देशन गर्दै जनकदिप पराजुली    माता तीर्थ औँसीको बहार नेपाल हाउसको केक आमालाई उपहार

स्तन क्यान्सर सचेतना महिना एवं ४४ औं क्यान्सर सर्भाभर मिटमा वंशानुगत स्तन क्यान्सर बारे बृहद छलफल

Sunday, October 15, 2023 Devil Singh Rajput

काठमाडौं । नेपाल क्यान्सर सपोर्ट ग्रुपको प्रस्तुतीमा ४४ औं क्यान्सर सर्भाइभर मिट सम्पन्न भएको छ । शनिवार आयोजित उक्त कार्यक्रम वंशानुगत स्तन क्यान्सरमाथि छलफल गर्दै सम्पन्न भएको हो । कार्यक्रममा नेपाल क्यान्सर अस्पातलकी निर्देशक स्वरुपा श्रेष्ठले स्वागत मन्तव्य राख्नु हुँदै क्यान्सर उपचारलाई सहज तुल्याउदै जानुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्षसमेत रहनुभएका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदिप श्रेष्ठले वंशानुगत स्तन क्यान्सर बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सहजकर्ताको समेत भूमिका निर्वाह गर्नुहुँदै डा। श्रेष्ठले वंशानुगत क्यान्सर रोग, उपचार प्रकृया, लागत, मनोविज्ञान, प्रविधि, नेपाल क्यान्सर अस्पतालको सेवा आदी बारे जानकारी गराउनुहुँदै क्यान्सर बारे खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अघिल्लो पुस्तामा क्यान्सर देखिएकाहरुले बेलैमा जाँच गर्ने हो भने वंशानुगत क्यान्सरको जोखिमलाई कम गर्न सकिने र वार्षिक चेकजाँचसँगै क्यान्सर फैलने खतरा टाल्दै पछि हुने उपचार धेरै खर्चसमेत जोगाउन सकिने उल्लेख गर्नुभयो। जेनेटिक परिक्षण गर्दा राम्रो काउन्सिङ गरेर यसका फइदा वेफाइदाबारे पहिले नै जानकारी दिनुपर्ने हुन्छ, पारिवारिक हिस्ट्री अनिवार्य लिनुपर्छ र यदि रिर्पोट पोजेटिभ आए के के तयारी गर्नु पर्छ भन्ने विषयमा प्रष्ट पार्नुपर्छु डा. श्रेष्ठले बताउनुभयो । उहाँले प्रि काउन्सिलिङ र पोस्ट काउन्सिलिङबारे जानकारी गराउनुपर्नेमा जोड समेत दिनुभयो ।

त्यसैगरि, क्यान्सर उपचारसँग सरोकारित बिषयगत विज्ञ चिकित्सकहरु बरिष्ठ कन्सल्टयाण्ट रेडियसन अंकोलोजिस्ट डा। गिसुपनिखा प्रसिको, बरिष्ठ कन्सल्टयाण्ट प्याथोलोजिस्ट हरिप्रसाद ढकाल, सिनियर मेडिकल इपिडेमिलोजिस्ट एवम् प्रिभेन्टिभ अंकोलोजी विज्ञ डा। मुरारी मान श्रेष्ठ, सिनियर कन्सल्टयाण्ट गाईनोकोलोजिक अंकोलोजिस्ट डा। अन्जु श्रेष्ठ र ब्रेस्ट अंकोप्लास्टिक सर्जन डा। प्रफुल्ल शाक्यले प्यानलिस्टका रुपमा स्तन क्यान्सर रोग र उपचारसँग सरोकारित रहि आ आफनो राय राख्नुभएको थियो ।

छलफलमा विभागीय प्रमुख तथा सिनियर रेडियसन अन्कोलोजीस्ट डा गिसुप निख प्रसिकोले रेडियसन दिँदा दायाँ र बायाँ अनुसार फरक–फरक तरिकाका उपचार विधीहरु अपनाउनु पर्ने भन्दै शरीर भित्रका अंगमा असर नपरोस भनेर ‘ब्रेथ होल्डिङ’ जस्ता प्रविधी प्रयोग गरिने जानकारी दिनुभयो ।

त्यसैगरी विभागीय प्रमुख तथा सिनियर प्याथोलोजिस्ट डा हरिप्रसाद ढकालले कुनै पनि रोगको निश्चित डाइग्नोसिस गर्ने मुख्य काम प्याथोलोजीबाट हुने भएकाले प्याथोलोजी अन्तर्गत गुणस्तरीय प्रयोगशाला र दक्ष जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । डा ढकालले सर्जरी अगाडिको वायप्सीको रिपोर्ट दोसो्र दिन नै आउने भन्दै केमो थेरापी पछि लिइने वायप्सीको भने रिपोर्ट आउन केही दिन लाग्ने जानकारी गराउनुभयो।

वरिष्ठ गाईने अन्कोलोजिस्ट डा अन्जु श्रेष्ठले ब्रेस्ट क्यान्सरको रिपोर्ट पोजेटिभ देखिएकामा ओभरीमा पनि क्यान्सर देखिन सक्ने हुनाले ओभरी पनि निकाल्नुपर्ने अवस्था रहने जानकारी दिनुभयो।

अस्पतालका कन्सलटयान्ट स्तन ओन्कोप्लास्टिक सर्जन डा प्रफुल्ल शाक्यले पहिले ७० देखि ८० प्रतिशत स्तन निकाल्ने गरी सर्जरी गर्ने गरिएकोमा हाल ५० प्रतिशत स्तन बचाएर गरिने शर्जरी हुने गरेको जानकारी दिनुभयो। ुअहिले गरिने उपचारमा सके बचाउने नसकेमात्र निकाल्ने र स्तन बनाएर राख्ने पनि प्रविधि रहेको छ त्यसैले कस्मेटिक हिसाबले कतिपय केसमा सर्जरीपछि स्तन पहिलो भन्दा अझ राम्रो देखिन्छु उहाँले जानकारी दिदै भन्नुभयो ।

उहाँले परिवारमा एक कसैमा क्यान्सर भएको छ भने पछिल्लो पुस्ताका अन्य महिलाहरुमा पनि क्यान्सर देखिन सक्ने भएकाले बेलैमा परिक्षण गर्न सुझाव समेत दिनुभयो । १९ देखी २५ बर्ष उमेर पुगेपछि युवतीहरुलाई नियमित स्तन परिक्षण गर्न समेत उहाँले सुझाव दिनुभयो ।

सो अवसरमा उहाँहरु छलफलमा समेत सरिक हुनुभई क्यान्सर सर्भाइभरहरुले वंशानुगत क्यान्सर बारे राख्नुभएका जिज्ञासा उपर जवाफ पेश गर्नुभएको थियो ।

सोही कार्यक्रम माझ सुदिप्ता क्यान्सर सर्भाइभरकी सल्लाहकार शुशिला श्रेष्ठले क्यान्सर रोगीका परिवारलाई नगद २० हजार र अन्य सर्भाइभरहरुले केही थप रकम सहयोग स्वरुप हस्ताण्तरण गर्नुभएको थियो ।

त्यसलगत्तै स्ट्राण्ड लाईफ साइन्सका इन्टरनेशनल मार्केट निर्देशक एस रमेशले क्यान्सर रोग र उपचारसँग सम्बन्धित प्रविधि एवम् उपकरण बारे चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा क्यान्सर सर्भाइभरहरुले आ आफ्नो कला प्रस्तुत गर्नुहुँदै माहौललाई थप रमाइलो बनाउनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दिलिप भट्टराईले चिकित्सकहरुको प्रस्तुतीको तारिफ गर्नुहुँदै डा। सुदिप श्रेष्ठ नेतृत्वको टोलीले क्यान्सर उपचार र क्यान्सर लाग्नु अघि पनि सचेतना अभिबृद्धीमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको बताउनुभयो ।

उक्त कार्यक्रम नेपाल क्यान्सर सपोर्ट ग्रुपसहित उपचारका लागि सहयोगी हातहरु नेपाल, स्ट्राण्ड लाईफ साइन्सको सहयोग र नेपाल क्यान्सर अस्पतालको तत्वावधानमा संचालनमा आएको हो ।