Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गीतकार फुलाराको डेउडा गीत “साइनो मिटाइ गई “सार्वजनिक

Monday, May 6, 2024 National Power

काठमाडौं-  लेखक, साहित्यकार एवं गीतकार भीष्मराज फुलाराद्वारा रचित नयाँ लोक देउडा गीत ‘साइनो मिटाइ गई’ सार्वजनिक भएको छ । फुलारा लिट्रेचर फाउण्डेशन नेपालको प्रस्तुती रहेको उक्त गीतमा वरिष्ट देउडा गायक दिपेन्द्र प्रसाद दाहाल र चर्चित गायिका टिका पुनको स्वर, दिपेन्द्र प्रसाद दाहालकै संगीत र भुवन प्रसाद बडुको संगीत संयोजन रहेको छ । उक्त देउडा गीतको म्यूजिक भिडियो लेखक फुलाराको आफ्नै आधारिकारीक युट्यूव च्यानल फुलारा ईन्टरटेनमेन्ट नेटवर्क मार्पmत सार्वजनिक गरिएको हो ।

‘बासु डि. फुलारा पि.सी.’को सहकार्यमा निर्माण गरिएको उक्त देउडा गीतको दृश्य निर्माण ‘जुम प्रोडक्सन’ र रेकर्डिङ बिग परिवेश स्टुडियो अनामनगरमा भएको हो ।

रमेश बिजुली बि.सी.द्वारा निर्देशित सो म्यूजिक भिडियोमा ध्वनी मिश्रण जिवन बडु, अभिनय तर्फ चर्चित कलाकारहरु झरना बोहरा, सौगात ओझा र बिर बहादुर बोहरा रहेका छन् । त्यसैगरी छायाँङ्कनमा अमृत उपाध्याय, सम्पादनमा शंकर साउद, कलर संयोजनमा गणेश साउद र मेकअपमा निशा बोहराले गीतलाई थप आकर्षित बनाएका छन् ।

नेपाली समाजमा जातीय विभेदका कारण मायाप्रेममा चुर्लुम्म डुबेका युवावर्गहरुलाई समाज र परिवारका कारणले छुट्टिन बाध्य भएका घट्नाहरुलाई जोडेर यो गीत रचना गरेको हुँ, ‘यो पूर्ण वियोगान्त देउडा गीत हो’ फुलाराले भने ।