Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

भारतीय चलचित्र निर्देशन गर्दै जनकदिप पराजुली

Wednesday, May 8, 2024 National Power

काठमाडौं-नेपालमा छायाङ्कन भइरहेको प्रभु देवाको प्रमुख अभिनय रहेको दक्षिण भारतीय चलचित्र ‘सत्य मङ्गला’मा नेपाली निर्देशक जनकदीप पराजुलीले सह-निर्देशन गरेका छन्। नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष समेत रहेका पराजुलीले चार दिनदेखि पोखरामा चलिरहेको छायाङ्कनमा काम गरिरहेका छन्।

छायाङ्कनको लागि प्रभु देवा भने नेपाल आएका छैनन्। उनका ‘बडी डबल’ले उनको सट्टामा काम गरिरहेका छन्। यसको छायाङ्कन धम्पुस र लेकसाइड क्षेत्रमा भएको छ। नेपाल छायाङ्कन व्यवस्थापन हेरिरहेका पराजुलीले स्टेफन जोसेफसँगै चलचित्रको सह-निर्देशन गरेका हुन्। निर्देशक भने आर्यन प्रताप हुन्।

कन्नड भाषाको यो चलचित्रमा भारतबाट भागेर नेपाल आइपुगेका केही पात्रको खोजीका लागि प्रहरीले चलाएको अप्रेसनको कथा रहेको बताइएको छ। यो चलचित्र कन्नड भाषासहित तमिल, तेलुगू, मलयालम र हिन्दी भाषामा रिलिज हुने बताइएको छ।