Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान

Thursday, May 9, 2024 National Power

काठमाण्डौ – इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी में ११ र १२ मा फ्रान्सको पेरिसमा नवौ इनास यूरोप स्तरीय एकल नृत्य तथा छैठौं एकल गायन प्रतियोगिता सहभागी जनाउनको लागी पेरिस प्रसथान गरेका छन्।

फ्रान्सको पेरिसमा आयोजना हुने नवौ इनास यूरोप सो कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन इनास अमेरिकाका अध्यक्ष केसी फ्रान्स जाँदै गरेका अभिनेता केसीलाई अमेरिकाको वासिंटन डि. सी. स्थित डलस इन्टरनेसनल एयरपोर्टमा विदाई गरिएको थियो ।

इनास अमेरिकाका प्रवक्ता तथा चलचित्र निर्देशक गोपालचन्द्र लामीछाने र इनास मेरिल्याण्डका अध्यक्ष, गायक तथा संगीतकर्मी लक्ष्मण पौडेलले अध्यक्ष केसीलाई एयरपोर्टसम्म आएर कार्यक्रमको सफलताको शुभकामना सहित बिदाइ गरेका हुन् ।

इनास अमेरिकामा अध्यक्ष राहुललाई मेरिल्याण्डको बाल्टीमोर डिस्ट्रिक्ट आठका सभासद तथा यू.एस. कॉंग्रेसका लागी मेरिल्याण्ड डिस्ट्रिक्ट दुइका डेमोक्रेटिक पार्टीकोतर्फबाट उम्मीदवार डा. ह्यारी भण्डारीले अग्रिम बिदाइ गर्दै कार्यक्रम सफलताको शुभकामना समेत दिएका छन् ।