Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी पेरिस प्रस्थान

Thursday, May 9, 2024 National Power

काठमाण्डौ – इनास अमेरिकाका अध्यक्ष एवम् चलचित्र अभिनेता राहुल केसी में ११ र १२ मा फ्रान्सको पेरिसमा नवौ इनास यूरोप स्तरीय एकल नृत्य तथा छैठौं एकल गायन प्रतियोगिता सहभागी जनाउनको लागी पेरिस प्रसथान गरेका छन्।

फ्रान्सको पेरिसमा आयोजना हुने नवौ इनास यूरोप सो कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन इनास अमेरिकाका अध्यक्ष केसी फ्रान्स जाँदै गरेका अभिनेता केसीलाई अमेरिकाको वासिंटन डि. सी. स्थित डलस इन्टरनेसनल एयरपोर्टमा विदाई गरिएको थियो ।

इनास अमेरिकाका प्रवक्ता तथा चलचित्र निर्देशक गोपालचन्द्र लामीछाने र इनास मेरिल्याण्डका अध्यक्ष, गायक तथा संगीतकर्मी लक्ष्मण पौडेलले अध्यक्ष केसीलाई एयरपोर्टसम्म आएर कार्यक्रमको सफलताको शुभकामना सहित बिदाइ गरेका हुन् ।

इनास अमेरिकामा अध्यक्ष राहुललाई मेरिल्याण्डको बाल्टीमोर डिस्ट्रिक्ट आठका सभासद तथा यू.एस. कॉंग्रेसका लागी मेरिल्याण्ड डिस्ट्रिक्ट दुइका डेमोक्रेटिक पार्टीकोतर्फबाट उम्मीदवार डा. ह्यारी भण्डारीले अग्रिम बिदाइ गर्दै कार्यक्रम सफलताको शुभकामना समेत दिएका छन् ।