Saturday 4th May 2024

    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

खाना पकाउने ग्यास चुहिएर आगलागी

Monday, April 10, 2017 National Power

२८ चैत, भक्तपुर – रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित श्रेष्ठको घरमा राति खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
श्रेष्ठले भाडामा दिएको घरको दोश्रो तलामा भएको आगलागीबाट भान्छाका सामानहरु, लत्ताकपडा, अन्नलगायतका सामग्री जलेका छन् ।
प्रहरी,स्थानीय बासिन्दा र भक्तपुरबाट आएको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगोलागीबाट भएको क्षतिको विवरण भोलि आउने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।