Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

छोराको विवाह गर्न पुगेका बुवा सम्धीनी लिएर फरार

Saturday, August 29, 2020 National Power

ऐजेन्सी – गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ । विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बेपत्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।
घटना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ ।विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका खबर आजको समाचार पत्रले उल्लेख गरेको छ ।