Friday 3rd May 2024

    गायिका भट्टराई को दियो कलश सार्वजनिक    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन

‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट सिताराम पोखरेल सम्मानित

Sunday, January 5, 2020 National Power

काठमाडौं – ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट गायक सिताराम पोखरेल सम्मानित भएका छन् । वल्र्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित अवार्ड कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा थाइल्याण्डमा प्रसिद्ध प्रर्यटन ब्यवसायी एनोथाई थोङ्गथानोम, आयोजक संस्थताका सभापति आरके श्रेष्ठलगायतले पोखरेलाई खादा तथा सम्मान पत्रद्वारा सम्मानित गरेका थिए । नेपाली गीत सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन उल्लेखनिय योगदान पुर्याएका पोखरेलको उक्त योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

बिगत तीन दशकदेखि गायनमा सक्रिय पोखरेलका दजनौ गीत सङ्गीत दर्शकरस्रोतामाझ लोकप्रिय छन् । उनका गीतसङ्गीतमा नेपालका कलासंस्कृतिका अलवा नेपालीपन समेत रहने गर्दछ । दुईसयको हाराहारीमा सुमधुर गीतमा आफ्नो आवाज भरिसकेका सीतारामले निरन्तर सङ्गीत साधनामा नै लागेर देश र देशबाहिर चर्चा कमाएका छन् । देश-विदेशबाट सयौं मान-सम्मान पाएका पोखरेल राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मानलगायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेका छन् ।