Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

दोस्रो इच्छा अवार्ड –०१९ भव्य रुपमा सम्पन्न

Wednesday, December 18, 2019 National Power

काठमाण्डौ – गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला, खेलकुद लगायतका विषयलाई मिश्रण गरि प्रदान गरिने यो अवार्ड नेपालका सन्दर्भमा बिल्कुलै नौलो भएको छायाँछविका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।

दोस्रो अन्तर्राष्ट्रिय छायाँछवि अनर अवार्डका अवसरमा विशिष्ट संगीतकर्मी शम्भुजित बाँस्कोटालाई संगीत सितारा को उपाधी प्रदान गरिएको छ । वरिष्ठ अभिनेत्री बसुन्धरा भूसालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भुसाल सहित वरिष्ठ गायिका देविका बन्दनालाई भने यस वर्ष कदर सम्मान प्रदान गरिए पनि गत वर्ष अनर अवार्डका अवसरमा क्रमशः विशिष्ट अभिनेत्री सम्मान एवं विशिष्ट गायिका सम्मान प्रदान गरिएको थियो ।

साथै दोस्रो अनर अवार्डस्का अवसरमा मोडल आशिष पुरुष, नृत्यकार दिपक गुरुङ, निर्देशक माधव खरेल, कलाकार श्रीदेव भट्टराई, नृत्य निर्देशक सुर्यकला आचार्यलाई कलाकारीता सम्मान, समाजसेवी विष्णु प्रसाद पुडासैनीलाई युवा व्यवसायि सम्मान, समाजसेवी चन्द्र प्रसाद समापकोटा, समाजसेवी महिमा पोखरेल, समाजसेवी मणि प्रसाद भुर्तेल, समाजसेवी मोहन थापा, समाजसेवी पुर्ण प्रसाद लिम्बु, समाजसेवी राजेन्द्र शर्मा, समाजसेवी सोमा खत्री एवं समाजसेवी मोहन शर्मा लाई सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो । यसै अवसरमा मोफसल रंग पत्रकारिता पुरस्कारबाट ध्रुवराज न्यौपाने (डि.आर.एन.) दाङ, प्रवासमा (दुबई) कार्यरत पत्रकार लक्ष्मण खनाललाई इच्छापत्रकारिता सम्मान, कुवेर गिरीलाई रंग पत्रकारिता सम्मान एवं सोनी शर्मालाई इच्छा पत्रकारिता सम्मान प्रदार गरिएको थियो । सोही अवसरमा गीतकार माधव निर्देषलाई सम्मान पत्र प्रदान गरिएको थियो भने पत्रकार/चलचित्रकर्मी मनोज केसीलाई कलाकर्मी सम्मान गरिएको थियो ।

कार्यक्रममा गजल गायनमा बलराम राजवंशीले अनर अवार्ड पाए भने, गीतकारमा डी.आ. उपाध्यय, नव गायक हिमाल श्रेष्ठ, नव मोडल कमला महत (सोनाक्षी), गायक मिन गुरुङ, नृत्य निर्देशक सुरेन्द्र बसेल, गायिका शुशीला पाठक, एरेञ्जर/संगीतकार योगेश काजीले आधुनिक संगीत विधामा अनर अवार्ड प्राप्त गरे । त्यस्तै लोक संगीत तर्फ भने गायक विक्रम राना, मोडल दिपाशा विसी, नव मोडेल सजिना लामिछाने (सुर्य कुमारी)ले अनर अवार्ड प्राप्त गरे । त्यस्तै पपुलर संगीत तर्फ मोडल दिपेन्द्र सोनाम, नायिका÷गायिकाको रुपमा सारिका घिमिरेलाई अनर अवार्ड प्रदान गरियो । त्यस्तै उत्कृष्ट संगीत उत्पादक कम्पनीमा पशुपति म्यूजिक प्रा.लि. एवं दशकको अवार्ड लोकसंगीतमा कस्तुपराज पन्त, आधुनिक संगीतमा सन्तोष श्रेष्ठ एवं गीतकारबाट लोकराज अधिकारिले प्राप्त गरे । कार्यक्रममा चलचित्र तर्फ अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता सितल केसी, निर्देशक मिलन चाम्स, चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई, हाँस्य कलाकारमा गोपाल ढकाल छन्दे, चलचित्र प्रदर्शकमा ओम प्रकाश जैसी (काशी सिनेमा, भैरहवा), प्राविधिक तर्फ रेकर्डिष्ट तथा साउण्ड डिजाइनर सुनयमान श्रेष्ठ, टिभी÷चलचित्र कलाकारमा ऋतु बहादुर क्षेत्री, रंगमञ्च तर्फ नृत्याङ्ना शुशीला थापा एवं साहित्य तर्फ जे सागर (प्रवास, दुवई) ले अनर अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममाा सन्तोष श्रेष्ठ, योगेश काजी, सारिका घिमिरे, विक्रम राना, मञ्जु थापा लामा आदिले गायन प्रस्तुति दिएका थिए । त्यस्तै दिपाशा विसी, शुशीला थापा, सविता रेग्मी आदिको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै लोक गायनमा कस्तुप पन्त, वरिष्ठ गायिका देविका बन्दना एवं संगीतकार गायक शम्भुजित बास्कोटाले दुबईबासीलाई उत्साहित बनाउँदै गाएर नचाइदिएका थिए । कार्यक्रममा गोपाल ढकाल छन्देले हाँस्य प्रस्तुति दिएका थिए । कार्यक्रमको उद्घोषण जे सागर, श्रीदेव भट्टराई एवं लोकराज अधिकारीले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै छायाँछविका अध्यक्ष शान्तिप्रियले कार्यक्रमको उद्देश्य र औचित्यमा प्रकाश पारेका थिए भने नेपाली मन दुबईका मदन अधिकारीले नेपाली मनले यस किसिमको कार्यक्रम आयोजना गर्न पाउनु गर्वको विषय भएको र कार्यक्रम अत्याधिक सफल भएको बताएका थिए । सभापतिको आसनबाट वरिष्ट अभिनेत्री बसुन्धरा भुसालले यस किसिमको कार्यक्रमले नेपाल भीत्र–बाहिर रहेका नेपाली विचमा सांस्कृतिक उर्जा थप्ने बताइन् । कार्यक्रम युएईको वर दुबइ स्थित एभरेष्ट क्लवमा सम्पन्न भएको थियो ।