Monday 11th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

कलाकार संघमा रिक्त रहेको पदमा नियुक्त ४ जनाले गरे शपथ ग्रहण

Friday, October 31, 2025 National Power

काठमाण्डौ– नेपाल चलचित्र कलाकार संघले वर्तमान कार्यसमितिमा रिक्त रहेको विभिन्न पदमा पदाधिकारीहरुको मनोनित गरेको छ । गत कात्तिक २ गते बसेको बैठकले सङ्घको बिधान परिच्छेद ८ को दफा २६ को उपदफा (ग) र सोही परिच्छेद ८ को दफा २६ को उपदफा (ध) बमोजिम पदाधिकारीहरुको मनोनित गरिएको हो।

कार्तिक १३ गते विहिबार राजधानीमा एक समारोहको आयोजना गरी वर्तमान कार्यसमितिमा रिक्त रहेका पदमा उपाध्यक्ष दुईजना र सदस्य दुईजना गरी चारजना पदाधिकारीहरुलाई सपथग्रहण गराएको छ । सङ्घको बिधान बमोजिम २जना उपाध्यक्षमा क्रमशः जयन्त रेग्मी र राजकुमार शाहलाई मनोनय गरेको थियो । त्यसैगरी सदस्यहरुमा क्रमशः जीवन थापा र श्रीदेव भट्टराईलाई मनोनित गरिएको सङ्घका अध्यक्ष मोहन निरौलाले शो समारोहलाई जानकारी गराउनुभएको छ । चारैजना पदाधिकारीहरुलाई सङ्घका अध्यक्ष निरौलाले सपथ ग्रहण समेत गराउनुभएको थियो ।

सोही समारोहमा आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा सम्पन्न हुन गईरहेको International Federation of Actors (FIA) को अन्तर्राष्ट्रिय अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन जान लाग्नुभएका सङ्घका कोषाध्यक्ष सुनिल कटुवाललाई पनि अबिर र खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । उक्त सम्मेलनमा ६० मुलुकका चलचित्रकर्मीहरु सम्बद्ध सङ्घ संस्थाका ४५० भन्दा बढी प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहने कुरा अध्यक्ष निरौलाले बताउनु भयो ।

समारोहमा सङ्घका अध्यक्ष मोहन निरौलाले सदस्यता वितरण र नवीकरणमा विधान अनुसारको मापदण्ड प्रमाणीकरणलाई कडाईका साथ लागु गरिएको साथै लेखा प्रणालीलाई पारदर्शी र थप व्यवस्थित गरिएको कुरा जानकारी गराउँदै सङ्घले गरेका अन्य कार्यहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, वरिष्ठ चलचित्रकर्मी एवं सङ्घका कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना लगायतले शुभकामना सहित बधाई दिनुभएको थियो।

कार्यक्रममा सहभागी अतिथिहरु विच संघका बरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल“बैरागी” ले स्वागत मन्तव्य राख्नु भएको थियो भने सङ्घका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न सो समारोह गोपाल ढकाल“‘छन्दे” ले सञ्चालन गर्नुभएको थियो ।