Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

दुई दर्जन होटलमा तोडफोड र आगजनी, २५ अर्बको नोक्सानी

Friday, September 12, 2025 National Power

काठमाडौँ –  जेनजी आन्दोलनका नाममा अराजक समूहले गरेको तोडफोड र आगजनीले देशभरका करिब २ दर्जन होटलमा ठुलो क्षति पुगेको छ । होटल सङ्घ नेपालका अनुसार विभिन्न सहरमा गरी सो बराबरको क्षति पुगेको हो ।

सङ्घको प्रारम्भिक अनुमानले कुल २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको देखाएको छ । जसमध्ये काठमाडौँको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ।

प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका प्रतिष्ठानहरू रहेका छन् । तोडफोड, आगजनी र लुटपाटबाट यी होटलहरूमा व्यापक क्षति पुगेको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।