Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

दुई दर्जन होटलमा तोडफोड र आगजनी, २५ अर्बको नोक्सानी

Friday, September 12, 2025 National Power

काठमाडौँ –  जेनजी आन्दोलनका नाममा अराजक समूहले गरेको तोडफोड र आगजनीले देशभरका करिब २ दर्जन होटलमा ठुलो क्षति पुगेको छ । होटल सङ्घ नेपालका अनुसार विभिन्न सहरमा गरी सो बराबरको क्षति पुगेको हो ।

सङ्घको प्रारम्भिक अनुमानले कुल २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको देखाएको छ । जसमध्ये काठमाडौँको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ।

प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका प्रतिष्ठानहरू रहेका छन् । तोडफोड, आगजनी र लुटपाटबाट यी होटलहरूमा व्यापक क्षति पुगेको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।