Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कलाकार र पत्रकार विचको मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न

Thursday, August 28, 2025 National Power


काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र नेपाल पत्रकार महासंघ बीच यहि भाद्र ६ गते एन्फाको खेल मैदानमा रमाइलो मैत्रीपूर्ण फुटबल खेल भब्य रुपमा सम्पन्न भएको थियो। साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्ष देखि तीज संवाद लगायतका कार्यक्रमहरुकोको आयोजना गर्दै आईरहेको छ ।

साथी संस्थाले नेपाली महिलाहरुको महान पर्व तीजलाई महिला शशक्तिकरण र समानताको पर्वको रुपमा बिगत दश बर्षदेखी निरन्तर रुपमा तीज संवाद लगायतका कार्यक्रमहरुको आयोजना गर्दै आईरहेकोमा यस बर्ष तीज संबादमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला पत्रकार महासंघकी अश्यक्ष निर्मला शर्मा र नेपाली फुटबल जगतका हस्ती खेलाडी तथा प्रशीक्षक राजु काजी शाक्य सहभागी हुनु भएको थियो ्र संबादको सहजीकरण बन्दना राणाज्यूले गर्नु भएको थियो ।

उक्त संवाद कार्यक्रम संस्कार, धर्म र परम्परासँग जोडिएका विकृति र वीसंगतीका अभ्यासहरूका बारे चेतना जगाउने प्रयास भएको थियो विशेषगरी शो कार्यक्रममा सहभागी वक्ताहरूले छोरीको जन्मलाई मूल्यवान् ठान्दै हर्षोल्लासपूर्वक स्वागत गर्ने, महिलाको आर्थिक सशक्तिकरण , पुरुष र महिलाबीच घरायसी कामको बाँडफाँड, परिवर्तन आफैं र आफ्नै घरबाट सुरु गर्ने, रूढीवादी मान्यता तोड्दै नयाँ दृष्टिकोण निर्माण गर्ने लगायतका विषयहरुमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

साथी संस्थाले यस बर्षको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघलाई सहभागीताका लागि निमन्त्रणा गरेकोमा संस्थाको तर्फबाट धन्यबाद दिन चाहन्छु संघका अध्यक्ष निरौलाले बताउनु भयो। अध्यक्ष निरौलाले विशेष गरेर बन्दना राणा प्रति आभार व्यक्त गर्दे उक्त कार्यक्रममा सहभागिता जनाऊनु हुने चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, चलचित्रकर्मीहरु,संघका सदस्यहरु, कार्यसमिति परिवार, संचारकर्मीहरु सवैलाई लाई आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको विशेष आकर्षण नेपाल पत्रकार महासंघ र नेपाल चलचित्र कलाकार संघबीचको भएको मैत्रीपूर्ण फुटबल खेल रह्यो – जसले तीज केवल संवाद र चेतना मात्र नभई सहकार्य, मित्रता र रमाइलोपनको उत्सव पनि हो भन्ने पनि सन्देश दिन सफल भएको देखिन्छ । एन्फा खेल मैदान सातदोबाटोमा सम्पन्न भएको उक्त खेलमा “हाम्रो सामुहिक गोलः महिला र बालबालिका हिंसाको अन्त्य” भन्ने सन्देश सहितको अभियानमा खेल भएको थियो । दुवै पक्षका महिला तथा पुरुष खेलाडीहरुले समान रुपमा खेलेका उक्त खेलको कमेन्ट्रि कलाकार तथा कलाकार संघका सदस्य गोपाल ढकाल छन्देले गर्नु भएको थियो । मैत्रीपूर्ण उक्त खेलमा कलाकार टिमलाई हराउदै पत्रकार टिमले पचास हजार रुपैंयाको नगद राशी सहित प्रथम भएको थियो भने पैतिस हजार रुपैंयाको नगद राशी सहित नेपाल चलचित्र कलाकार संघ द्धितिय भएको थियो ।

संघका तर्फबाट कार्यक्रमका संयोजक रहनु भएका रबिन्द्र खडका, सह संयोजक सुनिल कटुवाल तथा संघको तर्फबाट फुटबल खेलको क्याप्टेनको जिम्बेवारी लिनु भएका शंकर बि सी, संघको तर्फबाट खेलाडीको रुपमा सहभागी सम्पुर्ण कलाकारहरुलाई कलाकार संघले आभार प्रकट गरेको छ ।

कलाकार संघका तर्फवाट मोहन निरौला, रविन्द्र खड्का, सुनिल कटुवाल, शंकर बिसी, दुर्गेश थापा, सविन श्रेष्ठ, सागर लम्साल, रोशन श्रेष्ठ, अँक्रिष्ट प्रधान, गजित बिष्ट, सौगात बिष्ट, गोपाल ढकाल छन्दे, रोहित रुम्बा, आकाश बाबु खवास, सुवास मेचे, अस्मिता रनपाल, यस राज, कबिर खड्का, समिर लामा, डि. बि. आले, राजेन्द्र के. सी. पवित्रा आचार्य, नम्रता खरेल, सरिता राजोपाध्याय, अस्मिता जुरेली, बिना राउत, लोसिना लामिछाने, एलिना रायमाझी, अमृत मान महर्जन, युवस ज्ञवाली लगायतका कलाकारहरुले खेल्नु भएको थियो । खेलको क्रममा खेलाडी तथा कलाकार रोशन श्रेष्ठ सामान्य घाईते हुनु भएको थियो ।