Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न

Saturday, May 10, 2025 National Power

काठमाडौं- पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को सफल समापनपछि आयोजक संस्थाले धन्यवाद तथा आभार कार्यक्रम आयोजना गरेको छ । शनिबार, काठमाडौंको सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा आयोजित उक्त कार्यक्रममा अवार्ड आयोजक समिति, सल्लाहकार मण्डल, तथा निर्णायक समितिका सदस्यहरू सहभागी थिए। कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने गायक–गायिका, नृत्य कलाकारहरू तथा सहयोगी सदस्यहरूलाई धन्यवादस्वरूप प्रशंसा–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूको धारणा अनुसार, यो वर्षको निम अवार्ड अहिलेसम्मकै उत्कृष्ट, सभ्य र भव्य रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । उपस्थित सबैले खुसी साटासाट गर्दै, आपसी बधाई आदानप्रदान गरेका थिए ।

कार्यक्रममा निम अवार्डको समिक्षा गर्दै बरिष्ठ संगीतकार तथा पिम नेपालका सल्लाहकार राजु सिंहले आफू अवार्डको स्थापनाकालदेखि नै संलग्न रहेको बताउँदै, निम अवार्डले समयक्रममा आफ्नै पहिचान स्थापित गर्न सफल भएको धारणा राख्नुभयो । विशेषगरी आठौं संस्करणले अहिलेसम्मकै भव्यता र सफल भएको उल्लेख गर्दै उहाँले अध्यक्ष माधव राज खरेल, महासचिव कमला जोशी, तथा सम्पूर्ण आयोजक टिमलाई गहिरो प्रशंसा गर्दै भविष्यमा झन सशक्त निरन्तरताको शुभकामना दिनुभयो ।

त्यस्तै, निर्णायक सदस्यका रूपमा बोल्दै वरिष्ठ पत्रकार तथा नेपाल भाषाका पहिलो म्युजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले निम अवार्डमा समावेश नेपाल भाषाका म्युजिक भिडियोहरू अत्यन्त सशक्त र स्तरउन्नत भएको प्रतिक्रिया दिनुभयो । भाषाभाषी कलाकारहरूलाई दिइएको सम्मानप्रति गौरवको अनुभूति भएको भन्दै निम अवार्डले बहुभाषिक समावेशिताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ थियो ।
पिम नेपालका सल्लाहकार तथा निर्णायक समिति सदस्य जुगल डंगोलले निम अवार्डले नेपाली कला–संस्कृतिको उत्थानमा उल्लेखनीय योगदान पु¥याउँदै आएको बताउँदै, यसलाई निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न अध्यक्ष खरेलसहित सम्पूर्ण टिमले गरेको निरन्तर मेहनतको खुलेर प्रशंसा गर्नुभयो ।

वरिष्ठ गायक तथा पिम नेपालका सल्लाहकार सिताराम पोखरेलले निम अवार्डले नेपाली गीत–संगीत क्षेत्रलाई गौरवको शिखरमा पु¥याउन सफल भएको बताउँदै आठौं संस्करणको निम अवार्ड निक्कै नै सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रमका क्रियटिभ डाइरेक्टर शान्तिप्रियले विगतका संस्करणहरूभन्दा यस वर्षको अवार्ड समारोह अत्यन्त व्यवस्थित, मर्यादित र भव्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिनुभयो ।
त्यसैगरी, म्युजिक भिडियो विभाग प्रमुख तथा मोडल सनम कठायतले आफू पनि कुनै समय यही अवार्डका लागि पुरस्कृत कलाकार भएको स्मरण गर्दै, यसरी पारदर्शिता र सुसंस्कृति साथ सम्पन्न हुने कार्यक्रममा फेरि संलग्न हुन पाउनु गौरवको कुरा भएको बताउनुभयो ।
निम अवार्डका निर्णायक संयोजक तथा सुप्रसिद्ध संगीतकार सन्तोष श्रेष्ठले यसअघि सम्पन्न भएका सम्पूर्ण संस्करणहरू मर्यादित र गरिमामय ढंगले सम्पन्न भएको उल्लेख गर्दै यस वर्षको आठौं संस्करण झनै भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको बताए।

यसअघि वैशाख २० गते, निम अवार्डको आठौं संस्करण भव्य समारोहबीच सम्पन्न भएको थियो, जहाँ चलचित्र, गीत–संगीत, सांस्कृतिक, सामाजिक तथा सञ्चार क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । “नेपाली हुनुमा गर्व गरौं, कला र संस्कृतिको जगेर्ना गरौं“ भन्ने मूल नारासहित हरेक वर्ष आयोजना हुँदै आएको निम अवार्डले नेपालका विभिन्न भाषाभाषी कलाकारहरूको प्रतिभा उजागर गर्दै, एकता र समावेशिताको सन्देश प्रवाह गर्दै आएको छ ।