Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

संगीत तथा चलचित्र उत्पादक समाजको अध्यक्षमा पुनः सूर्य बहादुर मगर

Sunday, February 9, 2025 National Power

काठमाडौं –  संगीत तथा चलचित्र उत्पादक समाजको आठौं तथा नवौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले पुनः सूर्य मगर बहादुरकै अध्यक्ष रहनेगरी नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा उपाध्यक्षमा तोरण गुरुङ ‘शशि’, महासचिवमा धनु ज्ञाङ्मी सचिवमा इश्वरबहादुर गुरुङ, कोषाध्यक्षमा रुकमान लिम्बु निर्बिरोध सर्वसम्मत चयन भएका छन् । यस्तै समाजको सदस्यहरुमा दस्यहरुमा रुपेन्द्र खड्गी, खुशी थुलुङ्ग राई, सक्षम श्रेष्ठ र जनक तामाङ चुनिएका छन् ।

नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रार्ड कार्यालयकी रजिष्ट्रार्ड सबिता कार्कीको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान लगायत गीत संगीत, चलचित्र, औद्योगिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वले आतिथ्यता गरेका थिए ।

साधारण सभामा संस्थाका महासचिव सुनिल लामिछानेले वार्षिक तथा सांगठनिक प्रतिवेदन पेश गरेका थिए । यस्तै कोषाध्यक्ष रुकमान लिम्बुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।