Thursday 7th May 2026

    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

स्वर्गीय जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने

Tuesday, January 28, 2025 Devil Singh Rajput

काठमाडौं । बालसाहित्यकार जनकप्रसाद हुमागाईंलाई बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान प्रदान गरिने भएको छ । समालोचक तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालको संयोजककत्वमा गठित समितिले उक्त सम्मान हुमागाईंलाई मरणोपरान्त प्रदान गर्ने निर्णय गरेको हो ।

शैली थिएटरले २०८० मा स्थापना गरेकोे यो सम्मान यस वर्ष बालसाहित्यकार हुमागाईंलाई मरणोपरान्त प्रदान गर्न लागिएको थिएटरका अध्यक्ष रङ्गकर्मी तथा निर्देशक नवराज बुढाथोकीले बताए ।

उहाँका बाल कृतिहरूमा ‘बाआमाको माया’, ‘गुनिला पाँच बालकथा’, ‘गोकुलकी आमा कसरी निको भइन् ?’, ‘मालतीको यात्रा वर्णन’, ‘भाइबहिनीका कथा’, ‘नेपाली बालसाहित्य’, ‘चम्पा र मायालु काका’, ‘लहरे पिपलको कथा’, ‘नानी पढ्छ’, ‘दिदीभाइको माया’ आदि प्रकाशित छन् ।

सम्मान शैली थिएटरले आयोजना गर्न लागेको १६ औँ राष्ट्रिय बालनाटक महोत्सव एवम लघु बालचलचित्र प्रदर्शनीको उद्घाटनको अवसर पारेर फागुन १ गते बिहीबार प्रदान गरिने महोत्सवका कार्यक्रम प्रमुख किशोर अनुरागले बताए ।