Thursday 7th May 2026

    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

सम्राटको अभिनयमा अस्ति भन्दा हिजो …सार्वजनिक

Monday, December 23, 2024 National Power

काठमाडौं – नेपाल आइडल सिजन ५का विजेता करण परियारको स्वरमा नयाँ गीत अस्ति भन्दा हिजो … को भिडियो दर्शकमाझ आएको छ । गीतमा संगीतकार दीपक शर्माले संगीत सृजना गरेका हुन् । यो गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

किशोर मनोविज्ञापनमा आधारित भएर तयार गरिएको यो गीतलाई निर्देशक सुमन दाहालले लेखेका हुन् । गीतमा सम्राट न्यौपानेको संगीत संयोजन रहेको छ । गीतकार सुमनका अनुसार बालबाट किशोरावस्थामा प्रवेश गरेका किशोरहरुको मनोविज्ञानमा यो गीत केन्द्रित रहेको छ । किशोरमा प्रवेश गर्दै गर्दा उनको शारीरिक र मानसिक विकासमा आएका परिवर्तनले जीवनमा ल्याउने कौतुहलतालाई गीतमा प्रस्तुत गरिएको सुमनले बताए ।

यो गीतको भिडियोमा बाल कलाकार सम्राटको एकल अभिनय रहेको छ । सम्राटले यो गीतमा आफुजस्तै किशोरहरुको भावना समेटिएकाले यसमा आफुले अभिनय गरेको बताएका छन् । उमेरले १४ वर्ष पुगेका सम्राटको यो १४ औं भिडियो हो । सम्राटले पाँच वर्षको उमेरबाटै अभिनय यात्रा सुरु गरेका हुन् । उनले राष्ट्रिय भावको भिडियोमा पहिलो पटक अभिनय गरेका थिए । त्यसपछि सम्राटले निरन्तर मोडलिङ गर्दै आएका छन् ।

बिगत ८ वर्षदेखि अमेरिकामा रहँदै आएका निर्देशक सुमन दाहालले म्युजिक भिडियो तथा लघु चलचित्र निर्देशनलाई पनि निरन्तता दिँदै आएका छन् । यो गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको सुमनले जनाए । भिडियोलाई दर्शकले मन पराएको उनले बताए ।