Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

लोकगायक रेशम थापालाई कन्हैया अन्जना राष्ट्रिय पुरस्कार प्रदान

Friday, August 23, 2024 National Power

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८१ यसवर्ष भाद्र ६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहका विच काँठ क्षेत्रमा ख्याति कमाएका बरिष्ठ लोक गायक श्री रेशम थापालाई नगद रु ५१००० हजार रुपैया सहति सम्मान अर्पण गर्दै समापन भएको छ ।

टिका गोपाल डिजिटल एम्। क्रियशन प्रालिका सञ्चालक तथा कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार समितिका अध्यक्ष गीता सिंहको अध्यक्षमा आयोजित समारोहमा संगीत रत्न शम्भूजीत बासकोटा, गीतकार विश्व वल्लभ, संगीतकार सन्तोष श्रेष्ठ, गायक कन्हैया सिंह परियार, गायिका अञ्जना गुरुङ लगायतले गायक थापालाई शो नगद राशी सहितको पुरस्कार तथा सम्मान पत्र अर्पण गरेका थिए ।

लोक गायक रेशम थापाका खानी खोला, रुमालै छ चिनो, पराई घर, मेरो फोटो किन जलायौं, भेटें जोडीलाई, डालिको फुल, घायल मुटु, बेसी टारी खेत, न्याउली किन रुँदैछ, लाग्यो भिषा, चौतारा दोलालघाट लगायत सयौंको संख्यामा उनका गीतहरु चर्चामा रहेका छन् । नेपाली गीत संगीत क्षत्रमा चर्चा कमाएका गायक थापालाइ नगद रु ५१ हजार र सम्मान पत्र सहित सम्मानित गरिएको हो । गायक थापा पछिल्लो समय पक्षघात रोगबाट समेत ग्रसित रहेका छन् ।

बरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान का पुर्व उपकुलपति शम्भुजित बासकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा नेपाली गीतसंगीत तथा चलचित्र क्षत्रमा सक्रिय व्यक्तित्व हरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका बारेमा प्रकास पार्दै संगीतकार सन्तोष श्रेष्ठले नेपाली सांगीतिक क्षेत्रमा लामो योगदान दिएका बिशिस्ट व्यक्तित्व हरुलाई सम्मान गरिनु पर्छ भन्ने मान्यता यस कार्यक्रमको रहेको बताए । संगीतकार श्रेष्ठ भन्छन्, हामिले प्रदान गर्ने रकम आधारमा मात्रै नभई भावनात्मक रुपमा हामी कलाकर्मी संगै अन्तरआत्माबाट जोडिएका हुनेछौं।

कार्यक्रमका सदस्य सचिव एवं चलचित्र निर्देशक माधव राज खरलले सहजिकरण गर्नुभएको उक्त कार्यक्रममा बोल्दै कन्हैया अन्जना राष्ट्रिय पुरस्कार का संरक्षक समेत रहेका गायक कन्हैया सिंह परियारले यसरी प्रत्क्षरुपमा नेपाली गीतसंगीतका मुर्धन्य श्रष्ठा तथा सर्जकहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्नपाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताए।

समारोहलाई‌ सम्बोधन गर्दै संगीत रत्न शम्भूजीत बास्कोटाले सांगीतिक जोडी कन्हैया र अञ्जनाले विदेशमा बसेर समेत नेपाली संगीत क्षेत्रमा‌ दिएको योगदानको प्रशंसा गर्दै आफ्नै क्षेत्रका दिग्गज संगीतकर्मीलाई खोजी खोजी पुरस्कृत तथा सम्मानित गर्नु महान कार्य भएको बताए ।

समारोहमा गायक कन्हैया सिंह परियारको स्वरमा तयार भएको गीत ‘रगत सबको रातो हुन्छ’ तथा ‘घुम्नलाई जाँदा लाङ्टाङ’ बोलका दुई गीतको म्युजिक भिडियो प्रीमियर गरिएको थियो भने गायिका अञ्जना गुरुङको स्वरको गीत ‘दिल खोलेर हाँसन’ तथा कन्हैया सिंहको गीत ‘वा रे वा’ को म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।