Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन

Sunday, July 21, 2024 Devil Singh Rajput

काठमाण्डौँ । कवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राई लगायतले नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा श्रावण ०५ गते आयोजित ‘अभिलाषाका झारहरू’ विमोचन कार्यक्रम माझ उक्त कवितासङ्ग्रहको विमोचन गरेका हुन् ।

सो अवसरमा कुलपति राईले प्रज्ञा प्रतिष्ठान संस्कृति निर्माण गर्ने प्राज्ञिक थलो भएकाले साहित्यकार र लेखक माझ मात्र नभई स्कुल ,क्याम्पस र विश्वविद्यालयसामू प्रज्ञा प्रतिष्ठान परिचित हुनुपर्नेमा जोड दिए। उनले कवि तथा साहित्यकारहरू खास भ्रष्टाचारी नभएको उल्लेख गर्दै कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह सरल र सहज रहेको बताउदै कविक‍ो भावना बेजोड भए जस्तै कविताको परिष्कार भने निरन्तर साधनाले मात्र सम्भव हुने उल्लेख गरे ।

कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा कौशिला रिसालले कवि राजेन्द्र ओझा ‘नयन’को कवितासङ्ग्रह ‘अभिलाषाका झारहरू’मा सङ्गृहीत कविताहरू आफ्नै शैलीमा रचिएकाले सरल र मौलिक भएको बताईन् । ओझाका कतिपय कविताले वर्गीय विभेद, प्रेम र अध्यात्म बारे बोलेको उनले जनाईन् ।

कार्यक्रमका अतिथि समालोचक महेश पौडेलले कविता दीर्घलेखन पपश्चात् परिमार्जन हुनेमा जोड दिदै कवि ओझामा कवित्वको प्रचुर सम्भावना रहेको र उनका कवितामा दार्शनिक प्रभाव रहेको उल्लेख गरे ।

‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रहका सर्जक राजेन्द्र ओझा ‘नयन’ले आफूले मनोवैज्ञानिक तथा दार्शनिक विषयवस्तुमा कविता लेख्ने गरेको बताए ।

उक्त विमोचन कार्यक्रम ग्लोबल कलेजका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझाको अध्यक्षतामा सम्पन्न भएको थियोे । शिक्षाविद् डा.ओझाले प्रज्ञा प्रतिष्ठान जस्तो प्राज्ञिक निकायमा ‘अभिलाषाका झारहरू’क‍ो विमोचन हुँदा आफूलाई खुसी लागेको बताउदै कविताले जीवन भोगाइ र आफ्ना अनुभूतिलाई व्यक्त गरेको उल्लेख गरे ।

कार्यक्रममा साहित्य जगत, कला सङ्गि जगतका श्रष्टाहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन गायक, सङ्गितकार राजु भट्टराईले गरेका थिए । विशिष्ट व्यक्तित्वहरुको उपस्थिति माझ कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो । फुसुन प्रकाशनले उक्त कवितासङ्ग्रह प्रकाशित गरेको हो।