Thursday 26th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ

Thursday, May 16, 2024 National Power

काभ्रेपलाञ्चोक – सामाजिक सेवा गर्नका लागि मन त हुने नै भयो । समाजसेवा गर्न तन मन र धन चाहिने रहेछ । हरेक मानिस सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडने गरेको पाईन्छ । र, जो समाज र देशका लागि दौडन्छन्, उनै मानिस महान हुन् । समाजका लागि अनवरत रुपमा दौडनेमध्येका एक महिला हुन्, अनिला कायस्थ । पछिल्लो समय समाजसेवाका क्षेत्रमा धेरै व्यक्ति–व्यक्तित्वहरू जोडिने क्रम बढेको छ । काभ्रेपलान्चोक जिल्लामा अनिला कायस्थ सुपरिचित नाम हो । बनेपा नगरपालिका वडा नं. ७ मा बसोबास गर्ने कायस्थ समाजसेवा गर्न निकै रुचि राख्नु हुन्छ । युवा अवस्थाको सुरुवात देखिनै सामाजिक सेवामा लाग्नु भएको उहाँले अनुकरणीय सामाजिक एवं मानवीय सेवा प्रदान गर्दै आउनुभएको छ स्व. पिता रामचन्द्र कायस्थ र स्व. माता चन्द्रदेवी कायस्थको छोरी हुन् अनिला कायस्थ । वास्तवमा सामाजिक सेवा के हो ? कसरी गर्ने ? भएकाले भन्दा नभएका धेरैले सामाजिक काम गरिरहेको पाइन्छ यस्तो हुनु कत्तिको सकारात्मक वा नकारात्मक हो ? यिनै बिषयमा रहेर हाम्रा सम्वाददाता अरबिन्द्र गौतमले समाजसेवी अनिला कायस्थसँग गरेको कुराकानी

 समाजसेवामा कसरी लाग्नुभयो ?

म सानो उमेर देखि नै सबैलाई सहयोग गर्नु पर्छ भन्ने भावनाको व्यक्ति हुँ । स्कुल जिबन देखी नै साथी भाइहरुलाई मैले सकेको सहयोग गर्दै आएको थिए । पछि बिस्तारै सामाजिक संघ संस्थाहरु सँग आबद्ध हुँदै आफुले जति सकिन्छ त्यति सहयोग गरिरहेको छु । बेसाहारा, टुहुरा बालबालिकाहरुलाई उद्दार गरेर सहयोग गर्ने गरेको छु । आर्थिक अभावका कारण गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई आर्थिक सहयोग सके जति गरेको छु । मेरो बुवा राजनितिक र सामाजिक जिम्मेवार व्यक्तित्व हुृनुहुन्थ्यो । उहाँको एक्लो सन्तान भएकोले होला म सामाजिक कार्यमा लाग्न मलाई पनि अझ बढी मोहीत बनाउदै आयो र त्यसैले समाजसेवा प्रति झन झन लालाहित बढ्दै गएको छ ।

०समाजसेवा गरेर तपाईलाई के मिल्छ ?

निस्वार्थ भावले समाजको हित वा भलाईका लागि गरिने सेवाले आत्मसन्तुष्टि र मेरो परिवारको राम्रो सस्कारको रुपमा लिन्छु । अरुको दुखमा, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नु नै मेरो आवश्यकता पुरा भएको अनुभव हुन्छ । त्यस्तै गरी आफु बसेको गाउँ, समाज, छरछिमेक वा वरपर सबैको हित, उन्नति र प्रगतिका निम्ती गर्नु पर्ने कार्यहरु मैले सके सम्म गर्ने गरेको छु । जहिले र जुनसुकै समयमा पनि तयार हुनेछु । यो नै मेरो खुशि र आत्मसन्तुष्टि हो ।

 समाजसेवा गर्नुको मुख्य उद्देश्य ?

सेवा गर्नु भनेको मेरो बुवाको चाहाना थियो र उहाँ पनि समाजिक तथा राजनितिक कार्यमा सक्रिय व्यक्ति हुनुहुन्थ्यो । त्यसैले मेरो पनि समाजसेवा गर्ने भावनाका साथ विभिन्न संघसस्था तथा व्यक्तिहरुलाई गएर आफुले सक्ने सहयोग गर्ने गरेको छु । उनीहरुलाई मेरो सानो सहयोगले कसैको जिवन पविर्तन हुन सकोस र कुनै संस्था या समुहले प्रगतीको लागि राहात पुगोस भन्ने उद्देश्यले समाजसेवा गदै आएको छु । मेरो बुवाको चाहाना र सभ्य मानव समाजको परिकल्पना हो भन्ने लाग्दछ ।

पछिल्लो समय असली समाजसेवी पछाडी परेको अवस्था छ नि ?

हाम्रो समाजमा विभिन्न प्रकारका मानिस हुँदा रहेछन् । कसैले असल काम गर्छन् भने कसैले नराम्रा काम गर्छन् । असल काम गर्नेहरु अरुको खुसीमा आफ्नो खुशी देख्दा रहेछन् । खराब काम गर्नेहरु दुःख दिन्छन् र अरुको दुःखमा आफ्नो खुसी देख्दा रहेछन् । समाज सेवा भित्र राजनिति हुनु सामाजिक संजालको गलत प्रयोग पनि हो फेरी समाज सेवा देखिन र अगाडी आउनको लागि गर्ने पनि हैन । त्यसैले यस्ता विभिन्न प्रकारका क्रियाकलपले असली समाजसेवीहरु पछाडी परेका हुन्।

तपाईले अहिलेसम्म कहाँ कहाँ सहयोग गर्नु भएको छ ?

बनेपा नगरपालिका रहेको धनेश्वर आधारभूत माध्यामिक विद्यालय पनौति, मुकतिनाथ मन्दिर (ठाडोबाटो) आजाद माध्यामिक विद्यालय बनेपा, मानव कल्याण समाज धुलिखेल, बाल मन्दिर माध्यामिक विद्यालय (धुलिखेल), चण्डेश्वरी मन्दिर (बनेपा), भिमसेन मन्दिर (शसी पानी) बनेपा, शिर मेमोरियल हस्पिटल (बनेपा) लाई सहयोग गरेको छु ।

वास्तवमा सामाजिक सेवा के हो ?

अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नुलाई समाज सेवा भनिन्छ । समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ । अरुलाई समस्या परेमा सहयोग गर्नु पर्दछ । समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यसले खाँचोमा परेका र पिडितहरूलाई मद्दत गर्ने जनाउँछ । यो स्वैच्छिक सेवा हो । समाजसेवाले गर्दा समाजको र देशको विकास हुन्छ । मनैदेखि आर्थिक भौतिक तथा नैतिक रुपमा खुल्ला मनले समाज प्रति सधै आफ्नो तर्फबाट हुन सक्ने साथ सहयोग खवरदारी गरि रहने सत्य र न्यायको लागि लडनु समाज सेवा जस्तो लाग्छ ।

 समाजसेवा गर्ने रहर हुदैमा समाजसेवा गर्न सम्भव छ ?

समाजसेवा गर्ने भन्ने कुरा मानिसले गर्छु भनेर मात्र हुदैन। जुन व्यक्तिलाई समाजसेवा गर्न आफ्नो भित्र आत्माबाट आउनु पर्दछ । मानिससँग पैसा छ भन्दैमा समाजसेवा गर्दछन् भन्ने हुदैन उसको आफ्नो भित्री मन देखि आउनु पर्दछ । त्यसैले समाजसेवा गर्न रहर हुदैमा समाजसेवा गर्न सम्भव हुन्छ जस्तो लाग्दैन । समाजसेवा गर्ने मानिसमा आफ्नो इच्छा वा चाहाना छ भने उसले जसरी पनि जुन ठाउँबाट नि आफुले सकेको जति अरुलाई सहयोग गर्न सक्छ ।

 समाजसेवा : पेसा कि चरित्र ?

मानिसको जीवनमा व्यस्तता बढेको छ । पहिलाको समयमा जस्तो मानिसको जन्मस्थान, कार्यस्थान र वासस्थान एकै स्थान नभई अधिकांशको फरक स्थानमा हुंँदै गएको छ । स्वयंसेवी भावना हाम्रो रगतमा छ र आम चरित्र हो । यो चरित्रलाई मानवीय उद्धार र सामाजिक उत्थानको पक्षमा उपयोग गर्न फरक पेसा र व्यवसाय गर्नुपर्छ अथवा समाजसेवालाई नै पूर्ण रूपमा अपनाउनु पर्छ भन्ने सोचाइ राखियो भने समाजसेवा नै पेसा हो भने यो गलत हो जस्तो लाग्छ । उता समाजसेवालाई नै मूलमन्त्र मान्दै राजनीतिमा होमिएका स्वयंसेवीहरू समेत पदमा जाने वित्तिकै आकर्षक तलब भत्ता र अनेक सुविधा लिने प्रचलन संस्थागत भएको छ । दान दिनु, अरूको सेवा गर्नु, मानव कल्याणमा केही न केही योगदान दिनु भन्ने हाम्रो परम्परा नै भएकोले मानव कल्याणको नाममा आह्वान हँुदा सानो प्रयत्नले पनि उल्लेख्य दान वा चन्दा सङ्कलन हुनु स्वाभाविक हो । त्यसैले मलाई समाजसेवा भनेको चरित्र हो भन्ने लाग्द छ ।

मध्यस्तकर्ता बनेर पनि सहयोग गर्ने प्रचल्न बढ्दै गएको छ यसमा तपाईको भनाइ ?

समाजसेवा गर्ने मानिसमा चाहाना मात्र भएर हुदैन । आर्थिक, सामाजिक र भौतिक वस्तुहरुको आवश्यक पर्दछ । सबै मान्छेहरु संग सम्पुर्ण हुन्छ भन्ने छैन । त्यसैले मानिसहरुमा समाजसेवा गर्ने इच्छा हुदा यसरी मध्यस्थाकर्ता भएर कार्य गर्न पनि सकिन्छ । समाजसेवाको नाममा विभिन्न प्रकारका नकारात्मक कार्यहरु फैलिएको छ । मध्यस्तकर्ता भएर समाजसेवा गर्ने जस्ता कुरा सबैको ठाउँमा सबैको पहुच पुग्दैन जिम्मेवार भएर गर्नु ठिक हो।

 सामाजिक सेवाका लागि आर्थिक श्रोत कसरी व्यवस्थापन गर्नु हुन्छ ?

सामाजसेवा गर्न आर्थिक मात्र हुनु पर्छ भन्ने छैन जस्तो लाग्छ । जुन मान्छेमा समाजसेवा गर्छु भनेर आफु भित्र हुनु आवश्क छ जस्तो लाग्छ, मैले गर्ने समाज सेवामा मेरो हैसियत अनुसारको गर्छु र यसमा मेरो घर परिवार सबैले साथ दिनु हुन्छ ।

 समाजसेवाबाट कतिको आत्मसन्तुष्टि मिलेको छ ?

समाजसेवा गर्दा मलाई सबै भन्दा धेरै आत्मासन्तुष्टि मिल्ने गरेको छ । मैले जीवनको ठुलो सन्तुष्टी नै यहीबाट पाएको छु । मेरो परिवार यसैमा खुशी छन् । समाजसेवा गर्दा सबै भन्दा धेरै आत्मसन्तुष्टि म भन्दा पनि मेरो पविार मिलेको छ

समाजसेवा कसरी गर्ने हो ? पुगीसरी भएपछि कि मध्यस्त बनेर हो ?

समाजसेवा कुनै पनि तरिकाबटा गर्न सकिन्छ । समाजसेवा गर्न अरुको देखासिकि गर्नु पर्छ भन्ने छैन । समाजसेवा गर्न आफुले सक्ने सहयोग गरेर वा अरुलाई साथ तथा सपोट गरेर पनि गर्न सकिन्छ । मान्छेले आफुले पुगीसरी आएर मात्र समाजसेवा गर्ने भन्ने हुदैन जस्तो लाग्छ मलाई जुन व्यक्तिलाई म समाजसेवा गर्छु भन्ने कुरा आफु भित्रबाट नै आउन पर्ने हुन्छ। समाजसेवा गर्न खाली सफा मन र जिम्मेवार हुनु जरुरी छ।