Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

Tuesday, April 16, 2024 National Power

काठमाडौं । सूत्र न्यूज डट.कम.को सम्पादकमा सरोज कोइराला नियुक्त भएका छन् । सूत्र मिडिया प्रा.लि.ले आइतबार कोइरालालाई सम्पादकको जिम्मेवारी सुम्पिएको हो । सूत्र मिडियाको बानेश्वर हाइटस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सूत्र मिडिया प्रा।लि।का अध्यक्ष केशव खड्काले कोइरालालाई स्वागत गरे ।

उनले कोइरालाको आगमनसँगै सूत्र न्यूजले थप गति लिने विश्वास व्यक्त गरे । नवनियुक्त सम्पादक कोइरालाले मिडिया हाउसलाई थप उचाईमा पुर्‍याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विशेषगरी व्यवसायीक पत्रकारिताको विकास गर्ने गरी मिडियालाई अगाडि बढाउने बताए । दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका कोइराला यसअघि स्पेस फोर के टेलिभिजनको सम्पादकको भूमिकामा थिए

। उनले यसअघि एभिन्यूज, न्यूज २४ फोर, हिमालयन, प्राइमलगायतका टेलिभिजनमा काम गरेका छन् । उनीसँग रेडियो सिटी एफएम र नेपाली रेडियो नेटवर्कमा काम गरेको अनुभव छ । उनी नेपाल वातावरण पत्रकार समूहसँग समेत आबद्ध थिए । झापा स्थायी घर भएका कोइरालाले पत्रकारिता र संगीत विषयको अध्ययन गरेका छन् ।