Wednesday 11th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सर्वोत्कृष्ट गजल गायकको अवार्ड रुद्र शेखर शर्मालाई

Tuesday, April 16, 2024 National Power

कमला जोशी/काठमाण्डौ गायक रुद्र शेखर शर्माले आफ्नो चर्चित गजल गीत “किन” मार्फत राष्ट्रिय समावेशी म्युजिक अवार्ड –२०२४ (निम अवार्ड) मा सर्वोत्कृष्ट गजल गायकको अवार्ड उचाल्न सफल भएका छन् । हालै ललितपुरको स्क्वायर होटेलमा सम्पन्न भएको अवार्ड कार्यक्रममा शर्माले गजल विधा मार्फत अवार्ड प्राप्त गरेका हुन । लामो समय देखी विभिन्न भाषा भाषिहरु समेटेर आयोजना हुदै आएको समावेशी म्युजिक अवार्ड अर्थात (निम अवार्ड) को सातौं संस्करणमा गायक शर्मा को गीत “किन” संग गायिका संगीता राना प्रधान “चोखो माया”, शशि विक्रम थापा“मेरो मरणको बेला”, केशव पौडेल“तिमिलाई हेर्दा हेर्दै”, राज सिग्देल“अनायास अन्जान”प्रतिस्पर्धामा रहेका थिए ।

नेपाली गीत संगीतको क्षेत्रमा सानै उमेर देखी गाउन थालेका गायक रुद्र शेखर शर्माले विशेषत नेपाली आधुनिक, गजल संगै हिन्दी गीतहरुमा पनि स्वर दिने गरेका छन् । फुटकर गीतहरुमा पहिले देखी नै गाउने गरेका भएपनि पहिलो पटक सन २०१८मा आफ्नो डेब्यु एल्वमको रुपमा “रुपम”एल्वम् लाई श्रोता तथा दर्शकहरुमाझ ल्याएर अझै लोकप्रियता बटुलेका थिए । रुपममा भएको पहिलो गीत “दुख्दिन म” लाई नेपाली श्रोताहरुले निक्कै मन पराएको गीत थियो । उक्त गीतले गायक शर्मालाई एक सफल गायकको रुपमा नेपाली दर्शक तथा श्रोताहरु माझ लोकप्रियता हासिल गर्न कोसेढुङ्गा सावित भएको थियो । सोही गीतबाट पहिलो पटक छैठौं रापती राष्ट्रि म्युजिक अवार्ड २०१८ मा सर्वोत्कृष्ट डेब्यु गजल गायकको अवार्ड दिलाउन समेत सफल रहेको थियो । साथै उक्त एल्बम्मा रहेका अन्य गीतहरु पनि उत्तिकै सफल भएका थिए ।

थोरै संख्यामा भए पनि एउटा नेपाली दर्शक तथा श्रोताहरुले मनै देखी स्वीकार गर्ने र माया गर्ने श्रृजनाहरुलाई नै पस्कनु पर्छ भन्ने मान्यता राख्ने शर्माका गीतहरु नेपाली श्रोताहरुले अत्याधिक मन पराउने गरेका छन् । किनको चर्चा गर्नु पर्दा चर्चित विश्व किर्तमानी संगतिकार सन्तोष श्रेष्ठको संगीत रहेको किनले अझै दर्शक तथा श्रोताहरुको मन जित्नेमा आफु विश्वस्थ रहेको बताएका छन् । शब्द रचना पनि उत्तिकै मार्मिक रहेको किनमा स्वरले अझै भरपुर न्याए दिएको उनि बताउछन् । श्रेष्ठ भन्छन् गायक शर्माको स्वरले किन गजललाई ज्यानमा प्राण भर्नेकाम गरेको छ । सुमधुर स्वरले नै श्रोताहरुको माझमा उनलाई लोकप्रिय बनाएको भन्दै आगामी दिनहरुमा पनि राम्रो श्रृजनाहरुमा शर्माले जत्तिको न्याय कसैले गर्न नसक्ने भन्दै आफ्नो पहिलो राजाई शर्मा नै रहेको बताउछन् ।

नेपाली र हिन्दी दुवै भाषामा गाउन अब्बल रुद्र शेखर शर्मालाई नेपाली सांगीतिक क्षेत्रप्रति गरेको योगदानको कदर गर्दै विभिन्न संस्थाहरुले उनलाई अवार्ड, सम्मान, कदरपत्रहरुद्धारा सम्मान समेत प्रदान गरेका छन् । नेपाली गीत संगीत तथा मनोरञ्जनको क्षेत्रको विकास, विस्तार तथा सम्वद्र्धन र प्रवद्र्धन गर्ने उदेश्यले खुलेका विभिन्न संस्थाहरुमा आवद्ध रहेका गायक शर्माले नेपाली कला संस्कृति र संगीतलाई स्वदेशमा मात्रै नभएर अन्तराष्ट्रिय स्तरसम्म फैलाउन सक्नु पर्छ र यसको लागि गीत संगीत तथा कलाकारिता क्षेत्रमा काम गर्ने कलाकर्मीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिन्छन् ।
गायक शर्माको “माया मारी, मैले छेके दौरा र सुरुवाल, तिमि भन्छौ जुन राम्रो, दुख्दिन म, तड्पिएर बाँचु कती, शितल ताप्नु, बर्षौ वित्यो, कहिले आँसुमा, किन, अलिकती, जिना अभि बाँकी हे, दिल चल् दिया, किन लगायत दर्जनौ स्वदेशी तथा विदेशी गीतहरु आम दर्शक तथा श्रोताहरुको माझमा चर्चामा रहेका छन् । चर्चित संगीतकार दिपक शर्माको संगीतमा के होला भोली बोलको गीत पनि छिट्टै रिलिजको तयारीमा रहेको बताएका छन् ।