Friday 28th November 2025

    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन    नेपाल महिला चेम्बरद्वारा स्टार्टअप, उद्यमशीलता तथा उद्यम प्रवर्द्धन केन्द्र सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न    इनास नेपालको अध्यक्षमा लामिछाने    निर्माता संघको अध्यक्षमा उदय    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न

लोक साँस्कृतिक संघको कार्यसमितिलाइ प्रमाणपत्र वितरण

Friday, June 16, 2023 National Power

काठमाण्डौ – राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई असार १ गते एक समारोहका विच प्रमाण पत्र प्रदान गरिएको छ । गायक तथा गीतकार राजेन्द्र कुमार कार्कीको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा गायक, संगीतका तथा गीतकार अमृत खाती, उपाध्यक्ष कार्यक्रम तर्फ चर्चित संगीतकार दिपक शर्मा, उपाध्यक्ष संगठन तर्फ चर्चित गायक कृष्ण काफ्ले, महासचिव संगीतकार योगेन्द्र उपाध्याय, सचिव सञ्चारकर्मी कमला जोशी, कोषाध्यक्ष सरिता जिरेल, सहसचिव ध्वनी सम्पादक मनोज परियार र सदस्यहरुमा कलाकार नम्रता खरेल, मोडल तथा गायक दिपेन्द्र सोनाम, गायिका शोभा जि.सी., छायाँकार राजन खरेल, आईटी एक्सपर्ट डेविल सिंह राजपुत लगायतका रहेका छन् ।

नयाँ कार्यसमितिले नेपाली लोकसंस्कृति तथा नेपाली मौलिक कलाको जगेर्ना गर्नको लागि यस क्षेत्रमा सम्वद्ध रहेका कलाकार, गीतकार, संगीतकार, गायक/गायिकाहरु, चलचित्रकर्मीहरु, प्राविधिकहरु तथा नेपाली भाषा संस्कृतिका लागि काम गर्ने विभिन्न व्यक्ति समुदाय एवंम संस्थाहरुसंग सहकार्य गरि काम गर्ने संस्थाका अध्यक्ष कार्कीले जानकारी गराएका छन् ।

बरिष्ठ चलचित्र निर्देशक डा.घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चलचित्र निर्देशक तथा संस्थाका सल्लाहकार माधव राज खरेल, सञ्चारकर्मी एवं सल्लाहकार विष्णु सुवेदी, संगीतकार शंकर थापा “स्माईल”, संगीतकार तथा गायक रमेश पाठक लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संगीतकार शंकर थापा स्माईल, संगीतकार तथा गायक रमेश पाठकलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।  साथै चलचित्र निर्देशक डा.घनश्याम खतिवडा, माधव राज खरेल, सञ्चारकर्मी विष्णु सुवेदी, संगीतकार राजेन्द्र बजगाई लगायतलाई सल्लाहकार सदस्यमा नयाँ कार्यसमितिले नियुक्ति गर्दै प्रमाण पत्र समेत प्रदान गरेको छ ।

प्रमाण पत्र प्रदान कार्यक्रम पश्चात बसेको नयाँ कार्यसमितिको बैठकले आगामी साउन महिना सम्मका विभिन्न कार्यक्रमहरु तय गरेको छ । एक हप्ता भित्रै युवा तथा खेलकुद मन्त्रालय अन्तर्गका युवापरिषद संगको सहकार्यमा अन्र्तक्रियाकार्यक्रम सहित साँस्कृतिक कार्यक्रम सम्पन्न गर्ने, पिम नेपालले यहि असार १३ देखी १५ गते सम्म आयोजना गर्ने पिम नेपाल चलचित्र महोत्सवमा सहआयोजकको रुपमा रहने र साउन अन्तिम सातामा सँस्कृति आदान प्रदान गर्ने उदेश्यले बर्मा, थाइल्याण्ड र कम्बोडियाको साँस्कृतिक भ्रमणको कार्यक्रम गर्ने लगायतका कार्यक्रमहरु तय गरेको छ ।