Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

चिरन्जीवी भण्डारीको स्वरमा ‘तिमीसँगै हुन’

Sunday, September 11, 2022 National Power

काठमाण्डौ – गीतकार समाजसेवी प्रतिमा गुरुङको शब्द रचनामा लोकप्रिय गायिका मिलन नेवार र गायक संगीतकार चिरन्जीवी भण्डारीको आवाजमा प्रेमिल गीत (तिमि संगै हुन) गीतको भिडियो सार्वजनकि भएको छ,गीतलाई गायक संगीतकार चिरन्जीवीले संगीत गरेका छन् भने,सन्जिब बराईलीले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा सुब्रतराज आचार्यको निर्देशन,उत्सब दाहालको छायांकन,बिष्णु खड्काको सम्पादन रहेको छ। भिडियोमा गायक संगीतकार चिरन्जीवी भण्डारी र कबिता न्यौपानेको रोमान्सले भरिपुर्ण अभिनय रहेको छ ।

गीतकार समाजसेवी प्रतिमा गुरुङ गीत लेखन अझ भनौ प्रेमिल गीत लेखनमा र समाजसेवामा चिरपरिचित नाम हो, उनका लेखनमा रहेका,बिस्तारै बिस्तारै, मायालु तिमि, तिमि छौ र त,मन त् यो हरामी लगायतका गीतहरु चर्चित छन् ।

गीत लेखन बाहेक उनि समाजसेवामा आफुलाई समर्पित गर्न रुचाउछिन, अहिले सार्वजनिक भएको गीतको भिडियोलाई गायक संगीतकार चिरन्जीवीको यू ट्यूब च्यानलमा हेर्न सकिन्छ।