Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको ” तिमि मेरो प्राण हौ ” सार्वजनिक

Tuesday, May 13, 2025 National Power

काठमाण्डौ  – एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको अत्यन्तै प्रेमिल म्युजिक भिडियो ” तिमि मेरो प्राण हौ ” सार्वजनिक भएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकिय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो निकै उत्कृष्ट बनेको छ । रन्जन राई तथा अनु चौधरीको युगल गायन रहेको उक्त गीतमा संगीत सौगात जंग थापाको रहेको छ भने शब्द रचना नेपाल सरकार कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचीव समेत रहनु भएका प्रभावशाली व्यक्तित्व हेम राज तामाङको रहेको छ । भिडियो गीतकार स्वयंम हेम राज तामाङकै युट्युव मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा लोकप्रिय मोडल / कलाकार सनम कठायत र पुनम श्रेष्ठलाई प्रेमभावमा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायांकन , विकास दाहालको सम्पादनमा भिडियो निर्माण गरिएको छ । गीत संगीत, प्रविधि तथा कलाकारिताका माध्यमबाट देशै भरिका सुन्दर प्रकृति, मौलिक संस्कृती तथा सामाजिक जनजिवनको प्रचारप्रसार तथा प्रवर्द्धनका निमित्त एभरेस्ट ग्यालरीले थालेको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत यो पटक कोशी प्रदेश पर्यटन बर्ष २०८२ लाई समेत टेवा पुग्ने गरि सहयोग गर्ने उक्त अभियानका अभियन्ता तथा कलाकार सनम कठायतले जानकारी दिनुभएको छ ।