Thursday 12th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

२० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न

Tuesday, May 13, 2025 National Power

काठमाडौं – तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लि को आयोजनामा बैशाख २९ गते सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा सम्पन्न भएको उक्त अवार्ड समापन समारोहमा नेपाल को पहिलो महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति रहेका थिए ।
कार्यक्रममा मन्त्री शाक्यले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा यस वर्षको संगीत दिर्घ साधना सम्मानबाट नगद राशी २५००० (पच्चिस हजार) सहित वरिष्ठ गीतकार राजेन्द्र थापा सम्मानित हुनु भएको छ भने पत्रकारिता रजत संगीत संम्मान नगद राशी १५५५५ (पन्ध्र हजार पाँच सय पचपन्न ) सहित रंग पत्रकार विदुर गीरिलाइ गरिएको छ । त्यस्तै दशकको पत्रकारिता सम्मान म्युजिक खबर पाक्षिक र म्युजिक खबर डट कम कि सम्पादक सबिता पोखरेल लाई नगद रु १११११ ( एघार हजार एक सय ११) सहित सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै साहित्य सम्मानमा वरिष्ठ गीतकार तथा साहित्यकार शितल कादम्बिनी लाई साहित्य संगीत सम्मान , गीतकार तथा समाजसेवी कादम्बरी दाना श्रेष्ठ लाई गीतकार तथा सामाजिक ब्याक्तित्व सम्मान ,गायिका निता आचार्य लाई डायस्पोरा संगीत संम्मान , गीतकार अम्बिका गुरुङलाई गोल्डेन पेन अफ दि इएर संगीत सम्मान, गायक तथा संगीतकार खेम सेन्चुरिलाइ म्युजिक अफ दि इएर,गायक पर्फमर दुर्गेश थापा लाई अगील्लो बर्ष भरी सबैभन्दा धेरै मेला महोत्सव र युटुबमा हेरिएको र र सुनिएको ले गोल्डेन माइक अफ दि इएर संगीत सम्मान ,वरिष्ठ फोटोग्राफर च्याङ्वा लामालाई फोटोग्राफर संम्मान,गायिका लक्ष्मी नेपाली र गायिका सन्जु न्यौपानेलाई संगीत युवा प्रतिभा र दशकको गायिका सम्मान गरिएको छ । यसै अवसरमा गायक दुर्गा बिरही ,रिजन पुलामी मगर,रामचन्द्र ढकाल सबिन चौहान लगायतलाई पनि सम्मान गरिएको छ ।

“अग्रजलाइ संम्मान अनुजलाइ प्रोत्साहन ” भन्ने मुल नारा लिएर विगत २ वर्षदेखि आयोजना हुँदै आएको राष्ट्रिय संगीत अवार्डले अवार्डको भिडमा आफ्नो फरक पहिचान बनाउन सकेसम्म यो बर्ष बाट थप केही नयाँ गर्दै जाने र अवार्ड शब्द प्रती सबै कलाकार स्रष्टाले गर्व गर्न सक्ने वातावरण बनोस र बनाउन आफ्नो तर्फबाट सधैं सकारात्मक भुमिका रहने अवार्ड कि संयोजक किस्ना आचार्य रोशनीले बताइन

चर्चित गायक तथा संगीतकार गोबिन्द मधुर आचार्यको संयोजकत्वमा गठन भएको निर्णायक समितिमा सदस्यको रुपमा गायक बैकुण्ठ महत, बरिष्ठ लोक गायक बम बहादुर कार्की , गायिका सोभा पाण्डे, छायाँकार राजन खरेल, निर्देशक मिलन श्रेष्ठ , वरिष्ठ संगीतकार योगेन्द्र उपाध्याय निरौला  रहेका थिए । कार्यक्रममा लोक,आधुनिक र भिडियो तर्फ गरि २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड प्राप्त बिधा र कलाकार र सम्बन्धित गीत :
सर्बोकृष्ट राष्ट्रिय भाबको गीत : श्रीकान्त राना क्षेत्री – केही गर्नु छ देशका लागी
सर्बोकृष्ट लोकदोहोरी गायक : बालचन्द्र बराल – न काली न गोरि
सर्बोकृष्ट लोकदोहोरी गायिका : सुनिआ बुढा क्षेत्री – एक लाई शून्य दश
सर्बोकृष्ट शब्द सिर्जना लोकदोहोरी : कृष्ण सुवेदी पिर परेर आको बेलामा
सर्बोकृष्ट लय सिर्जना लोकदोहोरी : प्रेम सापकोटा “सोनु“ – कठोर मान्छे
सर्बोकृष्ट लोकदोहोरी मोडल पुरुष : बिमल अधिकारी – निरिमायाको
सर्बोकृष्ट लोकदोहोरी मोडल महिला : स्मारिका ढकाल – चरी बासैमा
सर्बोकृष्ट नवगायक लोकदोहोरी : राजन सुवेदी – रानी बनमा फुल
सर्बोकृष्ट नवगायिक लोकदोहोरी : व्र्खा पौडेल – माया साह्रै छ
सर्बोकृष्ट गायक आधुनिक : शिव परियार – निर्लज
सर्बोकृष्ट गायिका आधुनिक : अनामिका चैलागाइ – ओइ माया ओइ
सर्बोकृष्ट शब्द आधुनिक : राखी गौचन – निर्लज
सर्बोकृष्ट संगीत आधुनिक : शंकर थापा “स्माइल “ – निर्लज
सर्बोकृष्ट मोडल पुरुष आधुनिक : श्रीदेब भट्टराई – ओइ माया ओइ
सर्बोकृष्ट मोडल महिला आधुनिक : रोशनी कार्की – चोटैचोटको जिन्दगी
सर्बोकृष्ट सांगीत संयोजन : कृष्ण लामिछाने – ए सैया
सर्बोकृष्ट कोरियोग्राफर : राजाराम सिंखडा – घुमौ रामेछाप
सर्बोकृष्ट भिडियो छायांकन : सन्तोष तिमल्सिना –
सर्बिकृष्ट भिडियो सम्पादन : रोशन धिताल – फास्ट लभ
जुरि, पब्लिक चोइस अवार्ड र इन्करेजमेन्ट  अवार्ड प्राप्त कलाकार 
गायक शंकर क्षेत्री
उत्तम भण्डारी 
दिपक ओलि
दिपक कडेल 
याम प्रसाद निउरे
तुलसा क्षेत्री
संजय देबकोटा
पेम्वा लामा शेर्पा 
उमेश ठगुन्ना 
जगत घर्ती मगर
सुशील ज्ञवाली 
सिर्जन पुन 
सन्दीप सेन्चुरी