Saturday 9th May 2026

    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

तिमिलाई रुन दिन्न भन्दै बजारमा आए गायक कृष्ण काफ्ले

Friday, January 14, 2022 National Power

काठमाण्डौ – पछिल्लो समय युवा पुस्ताको माझमा निकै नै चर्चित भएका गायक कृष्ण काफ्ले र अश्मिता अधिकारीको स्वरमा रुन दिन्न बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमले ओतपोत भएको आधुनिक गीतले प्रेमीलो जोडीले आफ्नो प्रेमी प्रेमिलालाई दुखबाट टाढा राख्ने अठोट गरिएको कुराहरुलाई निकै नै मार्मिक ढंगबाट उठान गरिएको छ ।

अर्जुज पोखरेलको संगीत रहेको गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने दिनेश राज पुरीको शब्द रहेको छ । शान थापाको निर्देशनमा तयार गरिएको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ । कृष्ण काफ्लेकोको युटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा कलाकारहरु रोशन केसी र रियाशा दाहालको अभिनय देख्न सकिन्छ ।