Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

तिमिलाई रुन दिन्न भन्दै बजारमा आए गायक कृष्ण काफ्ले

Friday, January 14, 2022 National Power

काठमाण्डौ – पछिल्लो समय युवा पुस्ताको माझमा निकै नै चर्चित भएका गायक कृष्ण काफ्ले र अश्मिता अधिकारीको स्वरमा रुन दिन्न बोलको गीत सार्वजनिक भएको छ । माया प्रेमले ओतपोत भएको आधुनिक गीतले प्रेमीलो जोडीले आफ्नो प्रेमी प्रेमिलालाई दुखबाट टाढा राख्ने अठोट गरिएको कुराहरुलाई निकै नै मार्मिक ढंगबाट उठान गरिएको छ ।

अर्जुज पोखरेलको संगीत रहेको गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने दिनेश राज पुरीको शब्द रहेको छ । शान थापाको निर्देशनमा तयार गरिएको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ । कृष्ण काफ्लेकोको युटुव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा कलाकारहरु रोशन केसी र रियाशा दाहालको अभिनय देख्न सकिन्छ ।