Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ

Monday, July 13, 2020 National Power

काठमाडौं -नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर संक्षिप्त कार्यक्रम गरिएको छ ।रानीपोखरी नजिकको भानुको शालिकमा माल्र्यापण गरेर भानुको सम्मान गरिएको छ ।

नेपाली भाषामा लेखिएको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो गुन लगाएका भानुभक्तको सम्झनामा नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार एक कार्यक्रम गरी भानु जयन्ती मनाएको छ । कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमेत सहभागी थिए । उनले पृथ्वी नारायण शाहले भौगोलिक र भानुभक्तले नेपाली भाषा तथा साहित्यलाई एकीकरण गरेको बताए ।

कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझ्न नचाहेको बताउँदै उनले अहिले भने भानुभक्त सर्वस्वीकार्य भएको बताए । मन्त्री भट्टराईले भने, ‘कतिपय अतिवादीहरुले भानुभक्तलाई बुझेनन् वा बुझ्न चाहेनन् । कहिलेकाहीँ अतिवादले चेतनालाई बन्धक बनाइदिन्छ । तर अहिले नेपाली समाजलाई भानुभक्तबारे अतिवाद छैन । उहाँ सर्वस्वीकार्य हुनु भएको छ ।’

वि।सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन वि.सं.१९२५ असोजमा भएको थियो । भानुजयन्तीका अवसरमा सोमबार तनहुँको भानु नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा धेरै रहेका स्थानमा पनि मनाइन्छ ।