Friday 11th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न

Wednesday, June 6, 2018 National Power

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न भएको छ । नेपाली मुल भाषाबाहेकका विभिन्न ८ वटा राष्ट्रिभाषाका गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो । अन्य प्रतिष्पर्धामा आउन नसकेका मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरु र समाजिक ख्याति कमाएका ६ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रोत्साहनको लागि सम्मान गरिएको आयोजक समितिका अध्यक्ष माधव राज खरेलले जानकारी दिएका छन् ।


काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि द्धारा आयोजित उक्त कार्यक्रममा मकवानपुर चलचित्र पत्रकार शाखाका अध्यक्ष मणिराज गौतमलाई रु पाँच हजार एक सयसहित पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको छ । त्यसैगरि संसारकै अग्लो ठाउमा गएर कार्यक्रम आयोजना गरेर गिनिज बुकमा नाम लेखाउन सफल कार्यक्रम आयोजक आर के सुवेदी, समाजसेवीमहिला शोमा खत्री बालकलाकार सम्राट दाहाल, समाजसेवी च्याङवा लामा, साउण्ड ईन्जिनियर मिन विष्ट,कलाकार अर्जुन कौशल, लगायतका स्रष्टा सम्मानित भएका छन् ।


प्रमुख अतिथि कानूनमन्त्री शेरबहादुर तामाङ, बरिष्ठ पत्रकार ऋषि धमला, राष्ट्रिय गीतका रचायता प्रदिप राई (व्याकुल माईला), पूर्व सांसद हरिचरण साह, गैरआवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष हिक्मत थापा लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।


अवार्ड कार्यक्रममा साउथवेस्टर्न स्कुलको नृत्य तथा गायन प्रस्तुति रहेको थियो । नेपाली हुनुमा गर्व गरौँ नेपाली भाषा र संस्किृतीको जगेर्ना गरौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको नेपालकै पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ को उत्कृष्ठ १० को प्रमाणपत्र प्रदान कार्यक्रम गत बैशाख १० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको थियो ।


नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८मा उत्कष्ट हुने कलाकारहरुको नामावली यस प्रकार छन् ।
कन्हैया सिंह – आधुनिक÷पप उत्कृष्ट स्वर
शान्तिप्रिय – आधुनिक÷पप उत्कृष्ट शब्द
पदम रोकाया – आधुनिक÷पप उत्कृष्ट संगीत
जिवन शाही – आधुनिक÷पप उत्कृष्ट भिडियो

अमृता लुङगेली मगर – लोकदोहोरी उत्कृष्ट स्वर
सहदेव कोईराला –लोकदोहोरी उत्कृष्ट शब्द
अमृत खाती – लोकदोहोरी उत्कृष्ट संगीत
शिव वि.क÷दिपासा वि.सी – लोकदोहोरी उत्कृष्ट भिडियो
सुगम पोखरेल – चलचित्र (ऐश्वर्य) उत्कृष्ट स्वर
धिरेन्द्र प्रेमर्षि – चलचित्र (संरक्षण) उत्कृष्ट शब्द
राजन राज सिवाकोटी – चलचित्र (कुटुमा कुटु) उत्कृष्ट संगीत
चादनी मल्ल – उत्कृष्ट गीत (डेउडा)
विरेन्द्र भाट – (विपिन)उत्कृष्ट भिडियो (डेउडा)
रोजी डंगोल श्रेष्ठ – उत्कृष्ट गीत (नेवारी भाषा)
पुर्णकाजी ज्यापु – उत्कृष्ट भिडियो (नेवारी भाषा)
सुशन साम्सोहाङ – उत्कृष्ट गीत (लिम्बु भाषा )
लोकेन सांवा लिम्बु – उत्कृष्ट भिडियो (लिम्बु भाषा)
दोर्जे लामा – उत्कृष्ट गीत (शेर्पा भाषा)
गम्पो शेर्पा – उत्कृष्ट भिडियो (शेर्पा भाषा)
पुर्ण राई – उत्कृष्ट गीत (राई भाषा)
मधु सुदन थापामगर – उत्कृष्ट गीत(मगर भाषा)
टीका बोम्जन – उत्कृष्ट गीत (तामाङ भाषा )
राजकुमार मोक्तान – उत्कृष्ट भिडियो (तामाङ भाषा)
अर्जुन कौशल – उत्कृष्ट गीत (चौधरी भाषा)
भिम अधिकारी – उत्कृष्ट भिडियो (चौधरी भाषा)

अवार्ड कार्यक्रममा अन्य क्रिटिक्स जुरी र ईन्करेजमेन्ट अवार्ड पाउने कलाकारहरु
विरज महर्जन
द विकल्प व्याण्ड
समिक्ष चौधरी
रामलाल चौधरी
हरि उप्रेती
गोविन्द गौतम
विकाश चौधरी
किरण अधिकारी
जय देवकोटा
राजु थापामगर