Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

दसैँका लागि नयाँ नोट आजेदेखि साट्न पाइने

Wednesday, September 13, 2017 National Power

२८ भदौ, काठमाडौं – दसैँका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट साट्दै छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाहरुबाट बुधबारदेखि नयाँ नोट साट्न पाइने ब्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।
ती बैंकका शाखाहरुबाट ५, १०, २०, ५० र १ सय दरका नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले निकालेको सूचनामा नयाँ नोट एकजनाले २० हजार रुपैयाँसम्मको साट्न पाउनेछन् ।
यस्तै राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका काउन्टरबाट भने २७ हजार रुपैयाँसम्म नोट सटही गर्न सकिनेछ ।