Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

ग्लोबल मार्टको समुदघाटन संगै ग्लोवल प्रतिभा सम्मान

Tuesday, September 12, 2017 National Power


२७ भदौ, काठमाडौ – काठमाडौको पेप्सीकोलास्थिती सनसिटिी अपार्टमेन्टसँगै रहेको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट सञ्चालनमा आएको छ । शनिबार कम्प्लेक्समा आयोजित विशेष कार्यक्रमकाबीच वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको उद्घाटन गरे । मार्टसँगै सोही कम्प्लेक्समा ग्लोबल रेष्टुरेन्ट तथा ग्लोबल चिल्ड्रेन गेम जोन पनि सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले विदेशमा लामो समय बसेर स्वदेश फर्किएका युवाले सञ्चालन गरेको व्यवसाय आफैंमा उदाहरणीय भएको बताए । विदेशमा रहेका नेपालीहरुलाई त्यहाँको सिप तथा प्रविधी स्वदेशमा यसैगरी उपयोग गर्न उनले आग्रह समेत गरे । ग्लोबल मार्ट, रेष्टुरेन्ट तथा चिल्ड्रेन गेम जोनका सञ्चालक हरि प्रसाद सिटौला ९ वर्ष कोरियामा रोजगारीपछि फर्किएका व्यक्ति हुन् ।


ग्लोबल मार्टमा खाद्यान्न, किचेन वयेर, गिफ्ट, कस्मेटिक, बच्चाका खेलौना, जुत्ता, ब्याग तथा लेडिज जेन्सका सम्पूर्ण तयारी पोशाक उपलब्ध छन् । मार्ट कम्प्लेक्सको तेस्रो तला सम्म रहेको छ भने चौथो तलामा ग्लोबल गेम जोन र पाँचौ तलामा ग्लोबल रेष्टुरेन्ट रहेको छ । चिल्ड्रेन गेम जोनमा फनपार्कमा उपलब्ध हुने गेमहरु रहेका छन् । उद्घाटनका अवसरमा बोल्दै सञ्चालक हरि प्रसाद सिटौलाले आगामी एक महिना सम्म खाद्यान्नमा ५ तथा रेष्टुरेन्ट र अन्य सबैमा १० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । मुनाफा कम्पनीको उद्देश्य रहेपनि सामाजिक उत्तरदायीत्वलाई आफूले कहिल्यै नबिर्सने उनको भनाई छ । प्रत्येक वर्षको मुनाफाबाट २ प्रतिशत सम्म सामाजिक कामका लागि खर्च गर्ने उनले घोषणा समेत गरे । आफूले सञ्चालन गरेका विभिन्न व्यवसायमा प्रत्यक्ष रुपमा हाल ७५ जनालाई रोजगारी दिएको बताउँदै उनले भोलिका दिनमा सबैको सहयोग पाएको खण्डमा धेरैभन्दा धेरैलाई रोजगारी दिने उद्देश्य रहेको बताए । विभिन्न कम्पनीमा गरी १५ करोड रुपैंयाँ लगानी भएको उनको भनाई थियो ।


उद्घाटनकै अवसरमा ग्लोबल प्रतिभा सम्मानबाट तीन जना युवालाई नगद पाँच हजार पाँच सय पचपन्न रुपैंयाँ सहित सम्मान समेत गरिएको थियो । यसरी सम्मानित हुनेमा स्वरोजगार अभियन्ता तथा समाजसेवी सुजन थपलिया, अटिजम भएका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पु¥याएकी सविता उप्रेति तथा पत्रकार, लेखक रोहित भण्डारी रहेका छन् । तीन युवालाई सम्मान गर्दै सञ्चालक सिटौलाले समाजमा सकारात्मक योगदान पु¥याएका युवाहरुको सम्मानले उहाँहरुमा थप सकारात्मक कामका लागि उर्जा भर्नेमा आफू विश्वस्त रहेको बताए । समाज परिवर्तनका लागि युवाहरुबीचको सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।

देशका प्रतिष्ठित कलाकार मनोज गजुरेल, कोमल वली, नायक निखिल उप्रेति लगायतको प्रस्तुती सहितको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, काठमाडौंं क्षेत्र नं २ का सांसद दीपक प्रसाद कुइकेल, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, सिटौला समाज नेपालका अध्यक्ष जनार्दन सिटौला लगायतको उपस्थिती रहेको थियो ।