Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

युवा संघको नवौ महाधिवेशनमा करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने

Friday, August 18, 2017 National Power

२ भदौ, काठमाडौँ – नवौ महाधिवेशन युवा संघ नेपालको करिब दुई हजार ३०० प्रतिनिधि छनोट गरिने भएको छ ।

आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुन लागेको उक्त महाधिवेशनमा देशभरबाट प्रतिनिधि छनोट गरिनेछ । तीन वर्षका लागि हुने महाधिवेशनले प्रत्येक भूगोल, क्षेत्रबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रतिनिधि छनोट गरी केन्द्रीय नेतृत्वसमेत छनोट गर्नेछ । ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूलनारा तय गरिएको संघ उपाध्यक्ष दिलु पन्तले जानकारी दिए । नयाँ संविधानअनुसार मुलुकमा संगठनलाई अब स्थानीय तह तथा प्रदेश र केन्द्रीय गरी नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिइनेछ । त्यसका लागि समयसापेक्ष विधान संशोधन गरिने छ । राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा बनाइएको छ । विभिन्न २५ मुलुकका युवा संगठनका प्रतिनिधिलाई अतिथिका रुपमा निम्ता गरिने जनाइएको छ ।