Wednesday 12th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

आईसीसीले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठायो

Thursday, July 27, 2017 National Power


१२ साउन, काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र ३३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो । क्रिकेट टिमका प्रशिक्षक र म्यानेजरले यो वर्षमा खेलेका खेलाडीहरुको नाम पठाएको थियो साथै उनीहरुले तलब पनि पाएका छन् । खेलाडीहरुको ग्रेडअनुसार तलब आएको छ ।
क्रिकेट संघले आईसीसीबाट निलम्बनमा पर्नुअघि ए, बी र सी गरेर खेलाडीहरुको ग्रेडिङ गर्दै तलब तोकेको थियो । त्यसबेला ए ग्रेडका खेलाडीले मासिक ३५ हजार, बी ग्रेडले २५ हजार र सी ग्रेडले मासिक १० हजार तलब पाउने व्यवस्था गरिएको थियो ।