Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

हर्न निषेधित क्षेत्र घोषणा

Wednesday, July 26, 2017 National Power

११ साउन, दाङ – जिल्लामा सवारी साधनको चाँपसँगै बढेको ध्वनी प्रदुषण नियन्त्रण गर्न तुलसीपुर बजारलाई बुधबारदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

हर्न निषेधित क्षेत्र घोषणासँगै बुधबारदेखि बजार क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनले हर्न बजाउन पाउने छैनन् । यसबारे जानकारी दिन बजारका विभिन्न ६ स्थानमा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ । तुलसीपुर उपमहानगरपालिका–५ का जनप्रतिनिधिको बैठकले तुलसिपुरको बजार क्षेत्रलाई साउन ११ गतेदेखि लागु हुने गरी हर्न निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।