Wednesday 12th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

डी मारियाले २२ करोड ९६ लाख जरिवाना तिर्ने

Thursday, June 22, 2017 National Power

८, असार – पेरिस सेन्ट–जर्मेनका खेलाडी एन्जल डी मारियाले स्पेनमा आफूविरुद्ध चलिरहेको कर छलीको मुद्दा सल्ट्याउन २० लाख युरो (२२ करोड ९६ लाख रुपैयाँ) जरिवाना तिर्ने भएका छन् । कर छलीको मुद्दामा अर्जेन्टिनका डी मारिया २० लाख युरो जरिवाना तिर्न तयार भएको स्पेनिस अधिकारीले बताएका छन् । डी मारिया आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोपमा दोषी ठहरिने भएका हुन् ।

उनले रियल मड्रिडमा रहेका बेला सन् २०१२ देखि २०१३ सम्ममा आफ्नो तस्बिरको अधिकारबाट भएको आम्दानीको कर नतिरेको आरोप छ । म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी डी मारिया स्पेनमा कर छलीको आरोप मुद्दा झेलिरहेका हाइ–प्रोफाइल खेलाडी तथा प्रशिक्षक मध्ये एक हुन् । स्पेनिस अधिकारीले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोप दर्ता गरेका छन् । तर दुवै जनाले आफूमाथि लागेका सबै आरोप अस्वीकार गरेका छन् ।