Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

३८८ मत प्राप्त गरी चौथो पटक देउवा प्रधानमन्त्री

Tuesday, June 6, 2017 National Power


२३ जेठ, काठमाडौँ – मुलुकको ४० औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा निर्वाचित भएका छन् । आज व्यावस्थापिका संसदमा भएको प्रधानमन्त्रीको चुनावमा देउवाले अज उपस्थित कुल ५५८ मतको ३८८ प्राप्त गरी चौथो पटक र गणतन्त्र स्थापना भएपछिको १० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । प्रधानमन्त्रीमा एकल प्रतिष्पर्धी देउवा नेपाली काँग्रेसको संसदीय दलको नेता समेत हुन् ।

सुदुपश्चिपको डडेलधुरामा सामान्य परिवारका देउवा यस अघि २०५२, २०५८ र २०६१ मा गरी तीन पटक प्रधानमन्त्री भईसकेका छन् । राजनीतिक शास्त्रमा स्नाकोत्तर र मानवीय कानुनमा स्नातक गरेका छन् । प्रजातान्त्रिक आन्दोलनमा पटक पटक गरी देउवा ९ पटक जेल परेका छन् । अहिले सम्म भएका सबै निर्वाचनमा देउवा डडेलधुराबाट अपराजित रहेका छन् । २०४८, २०५१, २०५६, २०६४ र २०७० मा गरी पाँच पटक संसदीय चुनावमा निर्वाचित भएका छन् ।

देउवालाई संसदीय राजनीतिमा विकृति भित्र्याउने पात्रको रुपमा पनि लिइन्छ । पजेरो काण्ड, सुरासुन्दरी काण्ड, व्रिफेक काण्ड देउवासंग जोडिएका नकारात्मक पाटोहरु हुन् । साथै उनले २०५८ सालमा नेपाली काँग्रेस फुटाएर प्रजातान्त्रिक काँग्रेस बनाएका थिए भने २०६३ मा पार्टी एकिकरण भएको थियो । तत्कालिन राजा ज्ञानेन्द्र उनलाई दूइ पटकसम्म असक्षम भनी अपदस्थ् गरेका थिए