Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैै

Monday, June 5, 2017 National Power

२२ जेठ, काठमाडौं – आज जुन ५ अर्थात् विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइँदैैछ । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ । विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन ।

सोही दिवसको अवसरमा प्रधानमन्त्री दाहालले प्राकृतिक वातावरणको संरक्षण गरी सम्पूर्ण पृथ्वीकै सुरक्षित भविष्य सुनिश्चित गर्न व्यक्तिगत तथा सामूहिक रूपमा अझ सक्रिय हुन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई विशेष अनुरोध गर्दै दिवसले सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि हार्दिक कामना गरेका छन ।

प्रधानमन्त्री दाहालले पृथ्वी र प्रकृति सबैको साझा भएको, मानव समाज प्राकृतिक वातावरणको एक महत्वपूर्ण अङ्ग भएको हुँदा यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम गर्ने हाम्रो कर्तव्य तथा जिम्मेवारी भएको सन्देश दिए।

नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको प्रधानमन्त्रीको भनाइ छ । यद्यपि, बढ्दो सहरीकरणसँगै नेपालमा वातावरण प्रदुषण बढ्दै गएको  छ ।