Thursday 13th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

विमान दुर्घटनामा पाइलटको मृत्यु, दुईजना घाइते

Tuesday, May 30, 2017 National Power

१६ जेठ, बाजुरा – बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको विमान (स्काई ट्रक) दुर्घटनामा परेको छ । एनए ०४८ विमान अवतरणको क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परी पाइलट कर्णेल कैलाश गुरुङको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको छ ।

यस्तै को–पाइलट मेजर अनिता आले र सहयोगी सुबेदार पूर्णबहादुर खड्का घाइते भएका छन् । उनीहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी थप उपचारका लागि सीता एयरको विमानबाट नेपालगञ्ज लगिएको छ । ज्यान गुमाएका पाइलटको शव पनि नेपालगञ्ज लगिएको छ । सुर्खेतबाट सिमिकोटका लागि उडेको विमान सिमकोटमा अवतरण गर्ने स्थिति नभएपछि ड«ाइभट गरेर बाजुरा लगिएको थियो । तर कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान धान खेतमा पुगेर दुर्घटना भएको हो ।