Thursday 2nd May 2024

    डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल    भारती पिक्चर्सको आयोजनामा अन्तर्राष्ट्रिय म्युजिक अवार्ड २०२४ सम्पन्न    गोरखा सर्जक समाजको आख्यानाङ्क ‘गोरखा–वाङ्मय’ र​ कवितासङ्ग्रह ‘बादलमुनिका बस्तीहरू’ सार्वजनिक    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन

नेपाललाई धामरा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिन भारत असहमत

Thursday, November 28, 2019 National Power

काठमाडौं – थप दुई वटा बन्दरगाह प्रयोग गर्न दिन नेपालले राखेको प्रस्ताव भारतले अस्वीकार गरेको छ । नेपाल–भारत पारवहन सन्धि विस्तृत पुनरावलोकनका लागि काठमाडौंमा बसेको दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकमा भारतीय पक्षले बन्दरगाह प्रयोग सम्बन्धमा पछि निर्णय दिने बताएको वाणिज्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालले हाल भारतको कोलकत्ता र विशाखपटनम बन्दरगाह प्रयोग गर्दै आएको छ । गत माघमा भएको दुई देशको वार्तामा भारत धामरा र मुन्द्रा बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक देखिएको थियो । धामरा पोर्ट उडिसा राज्यमा पर्छ भने भने मुन्द्रा पोर्ट गुजरातमा अवस्थित छ ।

यस्तै नेपालका लागि भारतीय भूमि हुँदै आवतजावत गर्ने तेस्रो देशको कार्गो कन्टेनरहरुमा विद्युतीय कार्गो ट्रयकिङ प्रणाली लागू गरी ट्रान्सिप्मेन्ट प्रक्रिया लागू गर्ने नेपालले प्रस्ताव गरेको लेटर अफ एक्सचेन्जको मस्यौदामा पनि सहमति जुट्न सकेन । बैठकमा यस विषयमा छलफल मात्रै भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

मंगलबार र बुधबारको बैठकले हालसम्म पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीलाई संशोधन गर्न विभिन्न चरणमा आदान प्रदान भएको लेटर अफ एक्सचेन्जहरुलाई एकीकृत गरी पारवहन सन्धि, सोको प्रोटोकल र समझदारीका व्यवस्थाहरुमा समावेश गरी नयाँ मस्यौदा तयार गरेको नेपालका तर्फबाट बैठकको नेतृत्व गरेका वाणिज्य सहसचिव नवराज ढकालले जानकारी दिए ।

बैठकले आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल–भारत पारवहन सन्धिको प्रोटोकलमा जलमार्ग एवं बहुविधिक ढुवानी रुटहरु, ढुवानीका प्रक्रिया र व्यवस्था, भन्सार सहजीकरण र नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालनका व्यवस्था पारवहन सन्धिको प्रोटोकलको मस्यौदामा समावेश गर्ने सहमति भएको छ ।

प्रोटोकलको मस्यौदामा रेलमार्फत ब्लक कार्गो ढुवानीका लागि वीरगञ्ज–रक्सौल नाकाका अतिरिक्त विरानगर–जोगबनी र भैरहवा–सुनौली नाकासमेत खुला गर्ने विषय समावेश छ । बैठकले अन्तिम रुप दिइएको पारवहन सन्धि र सोको प्रोटोकलमा दुवै पक्षबाट यथाशीघ्र हस्ताक्षर गर्ने सहमति बनेको सहसचिव ढकालले बताए ।

बैैठकमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वमा १० र भारतको तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयका अतिरिक्त सचिव भुपिन्द्र यस भल्ला नेतृत्वमा ८ सदस्यीय टोली सहभागी थियो ।