Thursday 6th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

Wednesday, November 5, 2025 National Power

काठमाडौं- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने भएको छ । माओवादी केन्द्रका नेता अग्नि सापकोटाले एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबीच काठमाडौँको भृकुटीमण्डपमा आज एकता घोषणा हुने बताउनुभयो ।

एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहने बताइएको छ । पार्टीको चुनाव चिह्न पाँच कुने तारा राख्ने दलहरूबीच सहमति भएको छ । यसअघि हिजो नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

यद्यपि यो एकताको विरोध गर्दै माओवादी केन्द्रका नेता जनार्दन शर्मा समूहले छुट्टै अभियान घोषणा गरिसक्नुभएको छ । उता एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालल, रामकुमारी झाक्री लगायत पनि एकता प्रक्रियामा सामेल नहुने भएका छन् ।