Tuesday 4th November 2025

    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक    राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी    कलाकार संघमा रिक्त रहेको पदमा नियुक्त ४ जनाले गरे शपथ ग्रहण    पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै

फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

Tuesday, November 4, 2025 National Power

काठमाण्डौ –  फूल फुल्यो केशरी गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । कलाकार प्रबेश उप्रेती र आशा भुषालको उत्कृष्ट अभिनय रहेको उक्त गीतको भिडियो ओएसआर युटुव यानल मार्फत सार्वजनिक गरिएको छ । प्रेम, संवेदना र सौन्दर्यको सुन्दर अभिव्यक्तिसहित प्रस्तुत यो भिडियोको निर्देशन र छायांकन मरुभूमि नारायण को रहेको छ । दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतमा अनु चौधरी र सविन सुवेदीको सुमधुर आवाज रहेको छ ।

संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने ध्वनि सम्पादन नरेन्द्र बियोगीतथा सम्पादन रोशन धितालले गरेका छन्, । गीतले फूलको फुलाइसँगै मानवीय प्रेम र आत्मिक सम्बन्धको कथा बुनिएको छ । निर्देशक मरुभूमि नारायणको कलात्मक दृष्टि, प्रबेश उप्रेतीको प्राकृतिक अभिनय, र आशा भुषालको भावनात्मक साथले यो गीतलाई अझ हृदयस्पर्शी बनाएको छ ।