Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रतिक्षा काफ्लेको दमदार प्रस्तुति , ‘मलाई तीजको रहर’ सार्वजनिक

Monday, August 11, 2025 National Power

काठमाण्डौ  – कलाकार तथा मोडल प्रतिक्षा काफ्लेको उत्साहपूर्ण अभिनय र गायिका सुजाता उपाध्याय को सुमधुर आवाजमा नयाँ तीज गीत ‘मलाई तीजको रहर’ सार्वजनिक भएको छ। किरण भण्डारीको शब्द–संगीतमा तयार भएको गीतमा उदयराज पौडेलले एरेन्ज, चन्द्र चौधरीले मिक्सिङ–मास्टरिङ गरेका छन्। भिडियोतर्फ सुशील डाँगीको छायांकन र सम्पादन, साईमन राजबंशीको कोरियोग्राफी तथा जिवन शाहीको निर्देशन रहेको छ।

टीपिकल लोक शैलीलाई आधुनिक फ्युजनमा प्रस्तुत गरिएको यो मौलिक तीज गीत गायिका सुजाता उपाध्यायको आधिकारिक युट्युब च्यानलमार्फत बजारमा आएको हो। पछिल्ला दिनमा म्युजिक भिडियो र टेलिचलचित्रमा निरन्तर सक्रिय प्रतिक्षा काफ्लेले यस गीतमार्फत दर्शक–स्रोताको मन जित्ने विश्वास व्यक्त गरेकी छिन्।

उनका अनुसार, क्षणिक चर्चाका लागि बजारमा आएका छाडा र दुईअर्थी गीतहरूले बिग्रिँदै गएको संगीत क्षेत्रमा यस्ता सांस्कृतिक र मौलिक गीतहरूले सकारात्मक योगदान पुर्‍याउनेछन्। साथै, यस प्रकारका गीतहरूले देशको कला, संस्कृति र मौलिकतालाई संरक्षण र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि प्रतिक्षाको भनाइ छ।