Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

रेमिटयान्सको सही सदुपयोग नै राष्ट्र विकासका लागि सबैभन्दा महत्वपूर्ण आधार बन्न सक्छ : उपाध्यक्ष आरके शर्मा

Sunday, September 25, 2022 Devil Singh Rajput

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) का उपाध्यक्ष आरके शर्माले रेमिट्यन्सको सही सदुपयोग नै राष्ट्र विकासका लागि सबैभन्दा महत्वपूर्ण आधार बन्न सक्ने बताएका छन् । उपाध्यक्ष आरके शर्मा एनआरएनए १४ औ यूरोप क्षेत्रीय भेलाका अवसरमा आफ्नो मन्तब्य राख्दै शर्माले रेमिट्यन्सको सही सदुपयोग नै राष्ट्र विकासको रामवाण रहेको बताए ।

सरकारले वैदेशिक मुद्रा संचितिमा समस्या आएको बताइरहँदा वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको खर्बौ रुपैयाँ रेमिटयान्स ( बिप्रेषण)  अनुत्पादक क्षेत्रमा खर्च हुदै बिलाशिताका सामान आयात गर्न फेरि बिदेशिइरहेको तितो यथार्थ रहेको शर्माले बताए । लामों समयदेखि मध्यपूर्व, मलेसिया जापान, कोरिया न्यून अनी मध्यम आय भएका साथीहरुलाई समेटी सामूहिक लगानीको अवधारणा अगाडि बढ़ाई राष्ट्र विकासको सारथी बन्ने नारा अझै शुरुआत हुन नसकेको पनि उनले उल्लेख गरे ।

‘रेमिटेन्सको करीब ७०% अनुत्पादक क्षेत्रमा खर्च हुदै गर्दा भोलि खाली हात फर्किने साथीहरूको अवस्था कस्तो हुन्छ । उनीहरुको भबिस्यमा कालो बादल मडारिएको छ । यदि सरकारलें समयमा आँखा खोली हामिले वार्षिक पठाउने ९९० अर्व मध्ये १०% मात्र लगानीमा परिणत गर्न सके ठुलो पूँजी जम्मा हुन्छ । अनि देशमा ठुला ठुला प्रोजेक्ट, हाइड्रो इनर्जीलगायत मेगा प्रोजेक्ट निर्माण गर्न सकिन्छ’, शर्माले भने ।


इनर्जीलगायत मेगा प्रोजेक्ट छिट्टै निर्माण गर्न सके विप्रेशक र देश दुवै पक्षका लागि धेरै ठुलो उपलब्धि हासिल हुने कुरामा दुबिधा नरहेको बताउँदै शर्माले यो बिषयमा सबैले जोड दिनु आवश्यक रहेको बताए । विदेशिएका ९८% भन्दा धेरै नेपाली बाध्यता विदेशिनुपरेको उल्लेख गर्दै शर्माले सबै नेपाली आफ्नै देशमा फर्किन आतुर रहेको बताए । ‘यो गहन जिम्मेवारी तपाई हाम्रो काँंधमा आएको छ र यो हामै पालामा तपाई हामीले पठाएको रेमिटयान्स, सिकेको ज्ञान शीप र बिज्ञताको सही लगानी गरियो भने सम्भव पनि छ । रेमिटेन्सको सहि सदुपयोग गर्नका लागि सरकारले वातावरण बनाउन ढिलो गर्नै हुन्न,’ शर्माले बताए ।

एनआरएनले सुख, दुःख तथा आपतविपत सदैव साथ दिइरहेका पनि शर्माले बताए । ‘आज मध्यपूर्वमा कोही समस्यामा हुँदा एसिया प्यासिफिकका साथीहरुले सहयोगको लागि हात जुटाउनु अनि बिभिन बाटोबाट युरोप वा अमेरिका छिर्दा समस्यामा पर्नेलाई मध्यपूर्वको सहयोग वा अफ्रिकामा समस्यामा पर्दा युरोपको साथीहरूको सहयोग हुँदै आएको छ । कोरोनाको महामारीमा अक्सिजन सिलिण्डरको अभावमा नेपालमा ज्यान गमाइरहेको बेलामा मध्यपूर्वका साथीहरूले गाँस कटाएर अक्सिजन सिलिण्डर पठाउने, कोरियाबाट पहिलो महामारीको शुरूवातमै स्वास्थ्य सामग्री पठाऊन होस या विदेशमा समस्यामा परेका दाजुभाई दिदी वहिनीलाई उद्दार गर्न एनआरएन एउटा भरपर्दों र बालियों साथीको रुपमा उभिएको छ । यी सबै कारणले हाम्रो संस्था प्रति धेरै गर्व महसूश हुन्छ’, शर्माले भने ।

यो अभियानमा नेपाल सरकारसँग निरन्तर छलफल तथा पहलकदमी गरिरहँदा केही समस्या समाधान भएको भएपनि कयौ समस्या तथा एजेन्डा समधान गर्न बाँकी नै रहेको पनि शर्माले उल्लेख गरे । गैरआवासीय नगरिकता सम्बोधनको अंतिम चरणमा पुगेपनि अहिले बिधेयक गम्भीर मोडमा पुगेर अड़किएको बताउँदै शर्माले समस्याको गाँठो छिट्टै फुक्नेमा विश्वस्त रहेको बताए । ‘ नागरिकता विधेयकमा नेपालीलाई नागरिकताको सम्बन्धमा समस्या नरहेकाले छिट्टै सम्बोधन हुन्छ भन्ने आशा रहेको र समस्या सम्बोधन नभएसम्म एनआरउनए नेतृत्व लागिरहने पनि उनले प्रतिबद्दता जनाए ।

शर्माले वैदेशिक रोजगारमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने काम हुँदै गरेको र श्रमिकका समस्यालाई दीर्घकालीन समाधान निकाल्न जरुरी रहेको पनि बताए । गोरखाज अनि( पिएनओ) थाइल्यान्ड, मलेसिया, म्यांमारमा बस्नेने नेपालीहरुक माग सम्बोधन तथा मध्यपूर्व, मलेसिया मात्रा नभई युरोपीय क्षेत्रमा पनि रोजगारीका क्रममा देखिएका समस्या, मानव तस्करीको अन्त्यको लागि अझै धेरै काम गर्नुपर्ने शर्माले बताए ।

शर्माले एनआरएनए भित्र पछिल्ला केही समयमा देखिएका मतभेदले सम्पूर्ण बिदेशमा रहने नेपालीहरुलाई होस या नेपाल रहने धेरै नेपाली लाई चिन्तित बनाएको बताए । अहिले नेतृत्वमा रहने सबैको काँधमा ठुलो जिम्मेवारी रहेको उल्लेख गर्दै शर्माले संस्थामा देखिएका केही मतभेदलाई हामी ठुलो ह्दय गरेर समाधान गर्नुपर्ने बताए । ‘यो संस्थामा संस्थापकदेखि आजसम्म धेरै जनाको अथक लगानी छ र यो संस्था विदेशमा रहने सम्पूर्ण नेपालीको आस्थाको धरोहर हो र यसलाई त्यही साखमा पुर्याउने जिम्मेवारी हामी सबैको काँधमा पनि छ । अवश्य हामी फेरि २०१९/२१ को कार्यकाल भन्दा पहिलाको आत्मीयतामा फर्किने छौ’, शर्माले बताए । हाल एनआरएनएको उपाध्यक्ष रहेका शर्मा लामो समयदेखि मध्यपूर्व र मलेसियालगायतका देशमा रहेका नेपाली श्रमिकका हितमा निरन्तर लागिरहेका व्यक्ति हुन् ।

सम्मेलनमा शर्माले गरेको सम्बोधनको पूर्णपाठ

एनआरएनए १४ औ यूरोप क्षेत्रीय भेलाका सभापति, कार्यक्रमका प्रमुख अतिथि अति ऐक्टिव श्रमिक का अजेंडाहरुलाई सफल पार्नको सदैव सहयोग गर्ने निकाय श्रम, रोजगार मंत्रालयबाट उपस्थित हुनु भएका सचिव श्री एकनारायण आर्याल ज्यु अर्थ सचिवालय बाट पालनू भयका बिसेश अतिथि ज्यु महामहिम राजदुतज्युहरु, एफ़॰एन॰सी॰आई॰ का बारिसठ उपधक्ष्या सफल उद्यमी नेपालका अम्बानी श्री चंद्र ढकल ज्यु सम्मानित निकायबाट पाल्नु भएका सम्पूर्ण अतिथिज्युहरु, आईसीसी अध्यक्षज्युहरु लगायत आई॰ईएस॰ ओ॰बी॰ आई॰सी॰सी मेम्बरज्युहरु, यस क्षेत्रमा अवस्थीत सम्मानित एन॰सी॰सी॰ का अधक्ष्यज्युहरु, पदाधिकारीज्युहरु, सम्मानित सदस्यज्युहरु, उपस्थित पत्रकार साथीहरु, बिश्व भर रहनु भएका र नेपालमा रहेर एनआरएनको अभियानलाई सदैव साथ दिनु हुनेहरुमा म आरके शर्मा, आइसीसी उपाध्यक्षको तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु ।

सर्वप्रथम त यो यूरोप क्षेत्रिय भेला भब्य रुपमा आयोजना गर्नु हुन अहोरात्र खटिनु भएका आरसीद्वय सन्तोष भट्टराई र चिन्तामणिजी, सम्मानित एनसीसी स्वीडेन लगायत सम्पूर्ण टिम, अनी सम्पूर्ण आयोजक टीमलाई हार्दिक धन्यवाद । मैले यो कार्यकर्म भब्य रूपमा सफल भएको महसूस गरेको छु । यहाबाट निकालिएका निचोड़लाई तीव्ररुपमा कार्यान्वयनमा ल्याउन म आई॰ई॰एस॰को तर्फबाट पूर्ण प्रयत्न गर्ने प्रण गर्दछु ।

सन २००३ मा संस्थापक अध्यक्ष श्री उपेन्द्र महतो लगायत सम्मानित संस्थापक टीमले रुसबाट नेपालीका लागि नेपाली, अनी सम्पूर्ण बिदेशियका नेपाली एउटै मालामा जोड्न अभियान रुस हुदै क़तार, बेलयात, हङकङ, जापान गर्दै आज बिश्वका ८० भन्दा बढ़ी देशमा स्थापना भएको देख्न पाउदा मन खूसी पनि हुंछ ।

एनआरएनले शुख, दुःख तथा आपात बीपत सदैव साथ दिइरहेका छन। आज मध्यपूर्वमा क़ेही समस्या हुदा एसिया प्यसिफ़िकका साथीहरुले सहयोगको लागि हात जुटाऊँनु अनी बिभिन बाटोबाट युरोप वा अमेरिका छिरदा समस्यामा पर्नेलाई मध्यपूर्वको सहयोग वा अफ़्रीकामा समस्यामा पर्दा युरोपको साथीहरूको सहयोग हुदै आएको छ । करोनाको महामारीमा Oxeygen सिलेंडरको अभावमा नेपालमा ज़्यान ग़ुमाइ रहेको बेलामा मध्यपूर्वका साथीहरूले गास कटायर ओमानबाट सिलेंडर पठाउने अनी कोरीयाबाट पहिलो महामारीको शुरूवात मै स्वास्थ्य सामग्री पठाऊन होस या विदेशमा समस्यामा परेका दाज़ु भाई दीदी वाहिनीलाई उद्दार गर्न एन॰आरएन॰ एउटा भरपर्दों र बालियों साथीको रुपमा उभिएको छ । यी सबै कारणले हाम्रो संस्था प्रति धेरै गर्व महसूश हुन्छ ।
यो अभियानमा हामीले नेपाल सरकार संग निरन्तर छलफल तथा पहलकदमी गरिरहदा हाम्रा क़ेही समस्या समधान भएका छन भने कयौ समस्या तथा एजेन्डा समधान गर्न बाक़ी नै छन । ग़ैरआवासीय नगरिकता बिधयक सम्बोधनको अंतिम चरणमा पुगे पनी अहिले बिसम मोडमा पुगेर अड़किएको छ । हामी पूर्ण बिस्वस्ता छौ हाम्रो ग़ैरआवासीय नागरिकताको समस्या होईंन र यो छीटै सम्बोधन हुन्छ भन्ने आत्मा बिश्वास पनि गरेको छु । यो सम्बोधन नभय सम्म हामी हरु
अहोरात्र लाग्ने छौ भन्ने पनी प्रतिबद्दहत गर्न चहांछु
वैदेशिक रोजगारमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने काम हुदैछ, श्रमिकका समस्यालाई दीर्घकालीन समाधान निकाल्न जरुरी छ ।गोरखाज अनि(PNO) थाइल्यान्ड, मलेसिया, म्यांमारमा बस्नु हुने नेपाली हरुक़ा माँग सम्बोधन अनी मध्यपूर्व मलसिया मात्रा नभई युरोपीय क्षेत्रमा पनि रोज़गारीका क्रममा देखिएका समस्या, मानव तस्करीको अन्त्यको लागि अझै धेरै गर्नु पर्ने छ ।

रेमिट्यन्सको सही सदुपयोग नै राष्ट्र बिकासको रामवाण हो । वैदेशिक मुद्रा संचित अनी वैदेशिक लगानीको सुगा रटन गरी रहदा हामीले पठाएको बिप्रेशन भने अनुत्पादक क्षेत्रमा खर्च हुदै बिलाशिताका सामान आयात गर्न फेरी बिदेशिए तितो यथार्थ छ । लामों समयदेखि मध्यपूर्व,मलसिया जापान, कोरिया न्यून अनी माध्यम आय भएका साथीहरुलाई समेटी सामूहिक लगानीको अवधारणा अगाड़ी बढ़ाई राष्ट्र बिकासको सारथी बन्ने हाम्रो नारा अझै शुरुआत हुन सकेको छैन । रेमिटेन्सको क़रीब ७०% अनुत्पादक क्षेत्रमा खर्च हुदै गर्दा भोलि ख़ाली हात फ़र्किने साथीहरूको अवस्था कस्तो हुन्छ । उनिहरुको भबिस्यमा कालों बादल मडारिएको छ । यदि सरकारलें समयमा आखाँ खोली हामिले वार्षिक पठाऊँने ९९० अर्व मध्ये १०% मात्र लगानीमा परिणत गर्न सके ठुलो पुजी जम्मा हुन्छ । अनि देशमा ठुला ठुला प्रोजेक्ट, हाइड्रो एनर्जी लगायत मेगा प्रोजेक्ट गर्न सकिन्छ
एनर्जी लगायत मेगा प्रोजेक्ट छिट्टै निर्माण गर्न सके बिप्रेशक र देश दुबई पक्ष का लागी धेरै ठुलो उपलब्धि हुने कुरामा दुबिधा छैन यो बिषयमा तपाई हरूको जोड़ दार आवाज़ को अति अवस्यक पनी छ विदेशियका हामी ९८% भंदा धेरै नेपाली बाध्यता ले होर छीटै संबरिध नेपाल मा फरकिंन तपाई हामी आतुर छौ र यो गहन ज़िम्मेवारी तपाई हाम्रो कांध मा आयको छ र यो हमारै पालामा तपाई हामीले पाठायको रिमिटन्स सिकेको ज्ञान शिप बिज्ञता को सही लगानी गरीयो भने सम्भव पनी छ । रेमिटेन्सको सहि सदुपयोग गर्नका लागि सरकारले वातावरण बनाउन ढिलो गर्नै हुन्न ।

हाम्रा पछिल्ला क़ेही समयमा देखिएका मतभेदले सम्पूर्ण बिदेशमा रहने नेपालीहरुलाई होस या नेपाल रहने धेरै नेपाली लाई चिंचित बनाएको छ । अहिले नेतृत्वमा रहनु हुने सम्पूर्ण जनलाई म अनुरोध गर्न चाहम्छु की कृपया तपाई हाम्रो कांधमा ठुलो ज़िम्मेवारी छ । यो संस्था देखिएका क़ेही मतभेदलाई हामी ठुलो हिर्दयगरेर समाधन
गर्नुपर्छ । यो संस्थामा संस्थापकदेखी आजसम्म धेरै जनाको अथक लगानी लागेको छ र यो संस्था विदेशमा रहने सम्पूर्ण नेपालीको आस्थाको धरोहर हो र यसलाई त्यहि साखमा पुर्याउने ज़िम्मेवारी हामी सबैको कांधमा पनि छ । अवश्य हामी फेरी २०१९/२१ कार्यकाल भंदा पहिलाको आत्मीयतामा फ़र्किने छौ । अन्त्यमा यो कार्यकर्म आयोजना गरी मलाई केहि कुरा राख्न दिनु भएकोमा आयोजकलाई हार्दिक धन्यवाद दिदै बिदा हुन्छु ।

आरके शर्मा

उपाध्यक्ष
एनआरएनए