Saturday 22nd March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

सुनको मूल्य तोलामा एक लाख नजिक, एकै दिन १९ सय वृद्धि

Wednesday, March 2, 2022 National Power

काठमाडौं –  सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा आज तोलामा एकै दिन १९ सय रुपैयाँले बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै उच्च विन्दु हो । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

आज चाँदीको प्रतितोला कारोबार मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि नै मूल्य बढ्नुको प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ । यसअघि गत वर्ष साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन नेपाली बजारमा छापावल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार रुपैयाँ तोकिएको थियो ।